वाङ यी र ब्लिन्केनबीच टेलिफोन वार्ता
2022-10-31 14:54:29cri
Share with:

अक्टोबर ३१ तारिख चीनका परराष्ट्र मन्त्री वाङ यीले अमेरिकी परराष्ट्र मन्त्री एन्टोनी ब्लिन्केनसँग टेलिफोन वार्ता गर्नुभएको छ। उहाँहरूले वर्तमान अवस्था र आगामी दिनको चीन र अमेरिकाबीचको सम्बन्धबारे वैचारिक आदान-प्रदान गर्नुभएको छ।

वार्ता क्रममा ब्लिन्केनले अमेरिकाले चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ महाधिवेशनमाथि ध्यान दिएको बताउनुभएको छ। वाङ यीले चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ महाधिवेशन एकता, प्रजातान्त्रिक र प्रगतिको सम्मेलन भएको बताउनुभयो।

वाङ यीले चीन र अमेरिकाबीचको सम्बन्धलाई स्थिर विकासको मार्गमा पुनःफर्काउन तथा अगाडि बढाउन दुई मुलुकको साझा हितसित अनुकूल भएको तथा यो नै अन्तर्राष्ट्रिय समाजको साझा अपेक्षा भएको बताउनुभयो।

ब्लिन्केनले विश्वले अमेरिका र चीन बीचको सहकार्यको अपेक्षा गरेको तथा अमेरिकाले दुई मुलुकको सम्बन्धबारे चीनसँग सम्पर्क गर्ने र सहकार्य गर्ने, र दुई मुलुकको सम्बन्धको आधारबारे छलफल गर्ने आशा लिएको बताउनुभयो।