अमेरिकाले बहु-ध्रुब विश्वलाई स्वीकार्नुपर्छ
2022-10-31 16:40:55cri
Share with:

अक्टोबर २५ तारिख अमेरिकी राष्ट्रपति जोसेफ बाइडेनले बेलायतका नव नियुक्त प्रधानमन्त्री रिशी सुनाकसँग टेलिफोन वार्ता गर्दा चिनियाँ चुनौतिको संयुक्त रूपमा सामना गर्नुपर्ने बताउनुभयो। त्यसपछि चीनको परराष्ट्रमन्त्रालयका प्रवक्ता वाङ वनपिनले प्रतिकृया दिँदै भन्नुभयो चीन विभिन्न मुलुक विकासको साझेदारी र मौका हो तर चुनौति र धम्की होइन। चीनले सून्य योग सोचलाई त्यागेर युगको प्रवाहसँग अनुकूल रहन अमेरिकालाई ताकिता गरेको छ र पुरानो तथा काम नलाग्ने तथाकथित चीन खतरा सिद्धान्तलाई प्रचार गर्नुको सट्टा खुला तथा साझा फाइदा हुने नयाँ विचार लिएर विश्वको शान्ति र विकासलाई वास्तविक कुरा बढी गर्न अझ राम्रो हुन्छ।

साँच्चिकै चीनबारे बुझेकाहरूलाई थाहा छ कि चीन धम्की होइन। तथाकथित चीन खतरा सिद्धान्त अमेरिकाको काल्पनिक मात्र हो साथै अमेरिकाको प्रभुत्व वृत्ति र विश्वमा आफ्नो नेतृत्व घटेको असुरक्षा अनुभव प्रतिबिम्बित भएको छ।

विशाल मुलुकको रूपमा रहेको चीनले आत्मनिर्भर हुने विश्वास लिइरहेको छ। चीन र अरू देशबीच छोटो समयका लागि सीमा विवाद देखिएको थियो तर उपनिवेशवाद र अरू देशको भूभागलाई कब्जा गर्नेमा संलग्न भएको छैन। साथै चीनले राजनीतिक प्रणाली निर्यात गरेको छैन। अन्तर्राष्ट्रिय सम्बन्धका विद्वान जोसेफ ग्रगरी मेहोनीले भन्नुभएको झैँ राजनीतिक र साँस्कृतिक हिसाबले चीन अपवाद देखिएको छ। अमेरिकाभन्दा फरक किन  हुन्छ भने चीनले विश्वमा प्रभुत्व गर्न खोजेको छैन। १९औँ शताब्दीको मध्यकालदेखि औपनिवेशिक शक्तिबाट पीडित भएबाट चीन प्रभुत्व लाद्न चाहँदैन।

अन्तर्राष्ट्रिय सम्बन्धमा चीनले आपसी साझेदारी र सम्मान खोजिरहेको छ भने दीर्घकालीन वार्ता र शान्ति वार्तामार्फत विवादको समाधान गर्न र विश्वव्यापीकरण तथा बहु-पक्षीयवादमार्फत सबैलाई फाइदा दिन्छ। विश्व आपूर्ति शृङ्खलालाई जबरजस्ती विघटन गर्नेलगायत बजार विरोधी कदमले पक्कै गम्भीर अक्षमता पुर्याउनेछ।

अमेरिकाले नयाँ बहु-ध्रुब, बहु-सभ्यता समेत संसार स्वीकार गर्नुपर्छ साथै विश्व विकास र शान्तिको प्रबर्द्धक बन्नुपर्छ।