बेइजिङमा मनाइयो म्हःपूजा
2022-10-31 14:45:00CRI
Share with:

पाँच हजार वर्षको इतिहास बोकेको चीन संस्कृतिको धनी देश हो। यहाँ प्राचीनकालदेखि मनाउँदै आएका धेरै चलनचल्तीहरू अझै जीवित छन्। यस बाहेक विशाल चीन र चिनियाँ सहरहरू आजको विश्वमा संस्कृति आदानप्रदानको एउटा विशाल मञ्च पनि बनेका छन्। यस्तै, राजधानी सहर बेइजिङ पनि विश्वका कुनाकाप्चाबाट आएका मानिसहरूको कर्मथलो बनेको छ। जसबाट यहाँ बसेर पनि संसारका विभिन्न चाडपर्व र संस्कृतिहरू बुझ्न सकिन्छ। यसै गरी नेपाली समुदायको पनि बेइजिङमा उपस्थिति रहेको छ र विभिन्न नेपाली चाडपर्वको समयमा मनाउँदैआएका पनि छन्। यसै बीच नेपालको नेवार जातिको मौलिक पर्व म्हःपूजा पनि मनाइएको छ, जहाँ म पनि सरिक हुन पाएँ।

संस्कृति, परम्परा राष्ट्रको पहिचान पनि हो। हिमाल र नदीद्वारा जोडिएको चीन र नेपाल बीचको सम्बन्ध जनस्तरमा अझै झाँगिदैजाओस्। शुभ तिहार, छठ तथा नेपाल संवत् ११४३ को अवसरमा शुभकामना।

Video by #AjayaAloukik

www.facebook.com/AjayaAloukik/