सी चिनफिङद्वारा भियत्नाम कम्युनिष्ट पार्टीका महासचिव न्गुयेन फू ट्रोङलाई “मित्रता पदक” प्रदान
2022-11-01 10:41:40CRI
Share with:

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव एवम राष्ट्राध्यक्ष सी चिनफिङले अक्टोबर ३१ तारिख जन बृहत् सभाभवनमा भियत्नाम कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव न्गुयेन फू ट्रोङलाई “मित्रता पदक” प्रदान गर्नुका साथै एक भव्य समारोहको आयोजना गर्नुभएको छ। 

 

सो समारोहमा राष्ट्राध्यक्ष सी चिनफिङले सम्बोधन पनि गर्नुभएको थियो। उहाँका अनुसार, ”मित्रता पदक” ले महासचिव न्गुयेन फू ट्रोङ र भियत्नामका जनताप्रति चिनियाँ कम्युनिष्ट पार्टी र जनताको मैत्रिपूर्ण भावना प्रतिनिधित्व गरेको तथा चीन र भियत्नामबीच कमरेड तथा दाजुभाइजस्तै गहिरो भावनाको प्रतिक रहेको छ। उहाँले दुई पार्टी र देशका जनताले सुन्दर भविष्य खोज्ने हार्दिक आशा पनि व्यक्त गर्नुभएको छ। 

न्गुयेन फू ट्रोङले सम्बोधन गर्दै धन्यवाद ज्ञापन गर्नुभएको छ। उहाँले भियत्नामका जनतासँगै समाजवादी मार्गमा अडिग रूपमा लागिरहनुका साथै दुई देशको मैत्रिपूर्ण सम्बन्धलाई सुदृढ पारी अझै उज्यालो भविष्यको साझा इच्छालाई साकार तुल्याउने बताउनुभयो।