सी चिन फिङले भारतको गुजरात राज्यमा पुल भत्किएर जनधनको क्षति भएकोमा भारतीय राष्ट्रपति र प्रधानमन्त्रीलाई समवेदना व्यक्त
2022-11-01 18:43:51CRI
Share with:

अक्टोबर ३१ तारिख चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले भारतको गुजरात राज्यमा पुल भत्किँदा ठूलो जनधनको क्षति भएकोमा भारतीय राष्ट्रपति द्रौपदी मुर्मु र प्रधानमन्त्री नरेन्द्र मोदीलाई समवेदना सन्देश पठाउनुभएको छ।

 

सी चिनफिङले भारतको गुजरात राज्यमा पुल भत्किँदा ठूलो क्षति भएको थाहा पाएपछि आफू स्तब्ध भएको समवेदना सन्देशमा उल्लेख गर्नु भएको छ। चिनियाँ सरकार र जनताको तर्फबाट म पीडितहरूप्रति गहिरो समवेदना र पीडित तथा घाइतेहरूका परिवारप्रति समवेदना प्रकट गर्न चाहन्छु” राष्ट्राध्यक्ष सीले भन्नु भएको छ।

 

सोही दिन चीनका प्रधानमन्त्री ली ख छ्याङले पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई समवेदना सन्देश पठाउनुभएको छ।