केही मुलुकद्वारा मानव अधिकारको निहुँ खोजेर चीनमाथि हिलो छ्याप्ने प्रयास, चीनको विरोध
2022-11-01 11:03:47cri
Share with:

अक्टुबर ३१ तारिख अमेरिका, क्यानाडालगायत केही मुलुकले ७७औँ संयुक्त राष्ट्र संघ महाधिवेशनअन्तर्गत तेस्रो समितिमा चीनमाथि हिलो छ्यापेका छन्। संयुक्त राष्ट्र संघकालागि चीनको स्थायी प्रतिनिधिमण्डलका अस्थायी दूत ताइ पिङले यी मुलुकका यस्तो गतिविधिको कडा विरोध जनाउनुभएको छ।

उहाँका अनुसार, पश्चिमा मुलुकले चीनको सिनच्याङ मामिलालाई लिएर निहुँ खोजेर मानव अधिकार समस्याको नाममा चीनको स्थिरतालाई नष्ट पार्ने तथा चीनको विकास बिथोल्ने र आफ्नो प्रभूत्व अधिकारको संरक्षण गर्न चाहेको दूत ताइ पिङले व्यक्त गर्नुभएको छ।

पश्चिमा मुलुकले मानव अधिकार समस्यामा दुईवटा मापदण्ड लिएर अरू मुलुकमाथि आरोप लगाउने तथा आफ्नो र मित्र मुलुकको मानव अधिकार समस्याको बेवास्ता गर्ने गरेको बताउँदै दूत ताइ पिङले यी मुलुकको उद्देश्य घरेलु द्वन्द सिर्जना गर्ने रहेको औँल्याउनुभएको छ।

चीनले बहुपक्षीयतावादको पालना गरी विभिन्न मुलुकका जनतासँग संयुक्त राष्ट्र संघकेन्द्रित अन्तर्राष्ट्रिय प्रणालीको संरक्षण गर्ने पनि संयुक्त राष्ट्र संघकालागि चीनको स्थायी प्रतिनिधिमण्डलका अस्थायी दूत ताइ पिङले जोड दिनुभएको छ।