२०२२ मा नेपालको आर्थिक वृद्धिदर ५.८ प्रतिशत रहने विश्व बैंकको प्रक्षेपण
2022-11-01 15:52:24CRI
Share with:

सन् २०२२ मा नेपालको आर्थिक वृद्धिदर ५.८ प्रतिशत रहने विश्व बैंकले प्रक्षेपण गरेको छ। नेपाल डेभलपमेन्ट अपडेटप्रतिवेदन सार्वजनिक गर्दै बैंकले नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)  ५.८ प्रतिशत बढ्ने प्रक्षेपण गरेको कान्तिपुर अनलाइनले लेखेको छ। आउने वर्ष अर्थात् सन् २०२३ मा नेपालको आर्थिक वृद्धिदर ५.१ प्रतिशत रहने र २०२४ मा यस्तो वृद्धिदर केही खुम्चिएर ४.९ प्रतिशतमा रहने  विश्व बैंकको अनुमान छ। 

बैंकले नेपालको मूल्य वृद्धिदर अर्थात मुद्रास्फीतिदर सन् २०२२ मा ६.३ प्रतिशत रहने अनुमान गरेको छ। सन् २०२३ मा मूल्यवृद्धि ५.५ र २०२४ मा ५.३ प्रतिशत रहने विश्व बैंकको अनुमान छ। सरकारले पनि मूल्यवृद्धि ७ प्रतिशतभित्र सीमित गर्ने लक्ष्य लिएको छ। नेपालको कृषि, उद्योग र सेवा क्षेत्रमध्ये यसवर्ष उद्योग क्षेत्रको वृद्धिदर उच्च रहने विश्व बैंकको अनुमान छ। सन् २०२२ मा कृषि क्षेत्रको वृद्धिदर २.३ प्रतिशत, उद्योग क्षेत्रको वृद्धिदर १०.२ र सेवा क्षेत्रको वृद्धिदर ५.९ प्रतिशत रहने विश्व बैंकको अनुमान छ।