वायु ऊर्जा विज्ञ
2022-11-01 09:17:03cri
Share with:

चिनियाँ कम्युनिष्ट पार्टीको २० औं महाधिवेशनका प्रतिनिधि एवम् सिन्च्याङ चिनफङ विज्ञान तथा प्रविधि कम्पनीका निर्देशक वु काङ वायु ऊर्जा क्षेत्रमा ३५ वर्षदेखि काम गर्नुकासाथै वैज्ञानिक अनुसन्धान टोलीको नेतृत्व गरेर चीनको पहिलो ड्राउट फ्यानको उत्पादन गर्नुभएको छ। उहाँले भन्नुभयो- “म जीवनभरि वायु ऊर्जा कार्यमा प्रयास गरेर हरित स्रोतबाट विश्वलाई उज्यालो पार्ने र भविष्यलाई अगाडि बढाउनेछु।”

चिनियाँ सिन्च्याङ युगुर स्वायत्त प्रदेशको दाबानछङ क्षेत्रमा हुईँ हुईँ चल्ने ठूलो हावा अमूल्य स्रोत हो। सन् १९८७ देखि सिन्च्याङले वायु ऊर्जाको विकास गर्नथालेको छ। अभ्यासमा आफ्नो वैज्ञानिक ज्ञानको प्रयोग गर्नका लागि वु काङले शिक्षकबाट दाबानछङ वायु फर्मका प्रमुख बन्नुभयो। चीनमा वायु ऊर्जा कार्य भर्खरै सुरू भएका हुनाले “परीक्षण क्षेत्र” को रूपमा रहेको दाबानछङ निकै महत्वपूर्ण थियो।

 “यो  “परीक्षण क्षेत्र” सफलता भविष्यमा चीनको वायु ऊर्जाको विकासको प्रगतिसित सम्बन्धित रहेको छ,” वु काङले बताउनुभयो। त्यसैले उहाँले विद्युतिय, हाइड्रलिक, मेकानिकल लगायत प्रविधिहरू फेरि सिक्नुभयो। वर्षभरि उहाँले कम्तीमा ३००दिन वायु फर्ममा काम गर्नुहुन्थ्यो।

त्यसबेला चीनका अधिकाँश ड्राउट फ्यान निर्यातित थिए। यसको मुल्य उच्च भए तापनि माग धेरै हुन्थ्यो साथै यसको मर्मत खर्च पनि उच्च थियो। उहाँले चीनमा ड्राउट फ्यानको उत्पादन गर्ने आशा राख्नुभयो। सन् १९९८ मा सिन्च्याङ चिनफङ विज्ञान तथा प्रविधि कम्पनी स्थापना भएपछि सन् १९९९देखि वु काङले कम्पनीको नेतृत्व गरेर चीन सरकारको ६०० किलोवाट वायु टर्बिनको अनुसन्धान तथा विकास परियोजनामा भाग लिनथाल्नुभयो। अनुसन्धानबाट धेरैपटकको सफलता प्राप्त गर्दै निरन्तर विकसित भएको छ। सन् २००५ मा चिनफङ कम्पनीले चीनको स्वतन्त्र बौद्धिक अधिकार रहेको पहिलो मेगावाट स्तरीय ड्राउट फ्यानको विकास गरेको थियो। जसबाट चिनियाँ ड्राउट फ्यानको उत्पादन अनुकरणबाट पूर्ण विश्वासको स्थानसम्म पुगेको छ। 

वु काङको विचारमा पुन: प्राप्त स्रोतबाट विद्युत उत्पादन प्रारम्भ मात्र हो, वायु ऊर्जाको प्रयोग गरेर शून्य कार्बन रूपान्तरण र ऊर्जा अद्यावधिक दिगो विकासको लक्ष्य हो।

“भविष्यमा हामीले वायु ऊर्जाको लागतलाई अझै कम पार्नेछौँ र हरित स्रोत-शक्ति हरेक परिवारमा पठाउनेछौँ। ”