हातैले बुनेका ढाका रुचाउँछन् पर्यटक
2022-11-02 16:14:45CRI
Share with:

पाल्पाली हातैले बुनेका ढाका र यसबाट बनेका सामग्रीको बिक्री बढेको छ आन्तरिक पर्यटक तिहारको कोसेलीका रूपमा दिदीबहिनीले दाजुभाइलाई उपहार दिने भएकाले ढाकाबाट उत्पादित टोपी, पछ्यौरा, रुमाल, पर्स, स्टकोट, झोला, टाईलगायतको व्यापार बढेको कान्तिपुर अनलाइनले लेखेको छ

ढाकाबाट बनेका सामग्री उपहारका रूपमा प्रदान गर्ने प्रचलन छ दसैंपछि आन्तरिक पर्यटकको आगमन अत्यधिक भएपछि बिक्री पनि बढेको तानसेन, सिल्खानटोलका ढाका व्यवसायी हरि रायमाझीले बताउनुभयो दुई वर्ष कोरोना संक्रमणले व्यापारमा कमी आएको थियो यस वर्ष ढाकाको व्यापार राम्रो भएको पाल्पाली ढाका संघका सचिव तथा उद्योगी मनोजराज शर्मा पौड्यालले जानकारी दिनुभयो।

दसैंपछि तिहारसम्म ढाका कपडाको राम्रो व्यापार भयो,’ उहाँले भन्नुभयो, ‘विगत दुई वर्ष कोरोनाले थला नै पारेको थियो यस वर्ष राम्रो व्यापार भएको आन्तरिक तथा बाह्य पर्यटकले समेत ढाकाका सामग्री उपहारका रूपमा लैजाने उहाँको भनाइ छ अघिल्ला दुई वर्षभन्दा यस वर्ष अत्यधिक ढाकाका सामग्री बिकेको व्यापारी सितम भण्डारीको भनाइ छ यस वर्ष उल्लेख्य व्यापार भयो,’ उहाँले भन्नुभयो, ‘आन्तरिक तथा बाह्य पर्यटकका साथै स्थानीय बजारमा पनि राम्रो खपत भयोदैनिक कारोबार पाँच गुनासम्म बढेको उहाँले बताउनुभयो व्यापारीहरूका अनुसार दैनिक १०/१५ हजारको कारोबार हुने गरेकामा तिहारको मौकामा एक लाखभन्दा बढीको व्यापार भएको हो

आन्तरिक पर्यटकको पहिलो रोजाइ पाल्पाली ढाका नै भएको ढाका कपडाका संस्थापक स्व. गणेशमान महर्जनकी श्रीमती पूर्णमाया महर्जनले जनाउनुभयो ढाका बिक्री बढी भएको नाममा पाल्पालीको नाममा नक्कली ढाकाबिक्री नगर्न उहाँको आग्रह छ पाल्पाली ढाकाको व्यापार राम्रो भए पनि यसमा पाल्पाली भनेर नक्कली ढाका बेच्नु भएन,’ उहाँले भन्नुभयो, ‘ग्राहकलाई जे हो, त्यही बताएर बिक्री गर्नुपर्छ

तानसेनस्थित जानकी ढाका पसलका राजु भट्टराईले पनि दसैंपछि बिक्रीदर एक्कासि बढेको स्विकार्नुभयो अन्य समयको तुलनामा तिहारका बेला ढाकाको माग ७० प्रतिशतले वृद्धि भएको उहाँले बताउनुभयो बाहिरी जिल्लाबाट भ्रमणमा आउने आन्तरिक तथा बाह्य पर्यटकले समेत ढाकाका सामग्री लैजाने हुँदा माग बढेको हो ढाकाका सामग्री आफ्ना लागि सम्झना परिवारका लागि कोसेली लैजाने गर्छन् हातले बुन्न धेरै समय लाग्ने भएकाले मागअनुसार अन्य स्थानमा पाल्पाली ढाका आपूर्ति गर्न कठिन

पोखरा, काठमाडौं, बुटवल, नारायणगढ, भैरहवा, दाङ, भक्तपुरलगायत स्थानमा यहाँको ढाका पठाउने गरिएको जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष राजु महर्जनले बताउनुभयो यहाँको ढाका कुनै बेला गुणस्तरीय थियो विगतमा पाल्पाली ढाका खाडीदेखि युरोपियन मुलुकमा निर्यात हुने गर्थ्यो अहिले पूर्वेली भारतीय सीमामा बुनेका कपडाले बजार ढाकेपछि बाहिर निर्यात गर्न छाडिएको

जिल्लाको प्रमुख उद्योग व्यवसाय बनेको ढाकाले १० हजार बढीलाई रोजगारी दिएको थियो घरेलु तथा साना उद्योग कार्यालयका अनुसार अहिले हजार जतिले मात्र रोजगारी पाएका छन् पाल्पाबाहेक पोखरा, काठमाडौं, बुटवल, नारायणगढ, भैरहवा, दाङ, भक्तपुरलगायत स्थानमा पाल्पामा उत्पादित ढाका र यसबाट बनेका सामग्रीको माग हुने गर्छ पाल्पामा ढाकाका २४ भन्दा बढी उद्योग छन् घरघरमै ढाका बुनेर सय बढी महिलाले राम्रो आम्दानी गर्छन् पाल्पाली ढाकाको १० करोडको हाराहारीमा वार्षिक व्यापार हुने संघले जनाएको