सी चिनफिङद्वारा अरब देश लिगको शिखर परिषदको ३१औँ बैठकलाई बधाई सन्देश
2022-11-02 10:35:39CRI
Share with:

अल्जेरियामा आयोजना हुन गइरहेको अरब देश लिगको शिखर परिषदको ३१औँ बैठककालागि चीनका राष्ट्राध्यक्ष सी चिनफिङले नोभेम्बर १ तारिख अरब देश लिगको शिखर परिषदका वर्तमान अध्यक्ष अर्थात् अल्जेरियाका राष्ट्रपतिलाई बधाई सन्देश पठाउनुभएको छ।  

राष्ट्राध्यक्ष सीका अनुसार, अरब देश लिगले संयुक्त रूपमा अरब संसारको समृद्धिकालागि पहल गर्नुका साथै मध्य-पूर्वी क्षेत्रको शान्ति तथा स्थिरता र बहुपक्षीयता तथा विकासोन्मुख मुलुकको साझा फाइदाको सुरक्षा गर्न अथक प्रयास गरेको छ। अल्जेरियाले दीर्घकालमा अरब देशको एकताका लागि प्रयास गरेको र विकासोन्मुख मुलुकको वैधानिक अधिकार तथा हितको सुरक्षा गरेको र चीन तथा अरब देशहरूको सामूहिक सहयोगमाथि महत्व दिएको छ। उहाँले त्यसप्रति प्रशंसा व्यक्त गर्नुभएको छ। 

अरब देशहरूसँग आपसी समर्थनलाई सुदृढ पार्नुका साथै सहयोगलाई विस्तार पारेर नयाँ युगतिर चीन र अरब देशहरूको भाग्य समुदायको निर्माण गरेर सुन्दर भविष्यको निर्माण गर्नुका साथै विश्व शान्ति तथा विकासका लागि योगदान दिने इच्छा चीनले राखेको छ।