नयाँ युगमा चीन-भियतनाम सम्बन्ध नयाँ उचाइमा
2022-11-02 16:19:08CRI
Share with:

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव तथा राष्ट्राध्यक्ष सी चिन फिङको निमन्त्रणामा भियतनाम कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव गुएन फु ट्रोङले अक्टोबर ३० देखि नोभेम्बर २ सम्म चीनको औपचारिक भ्रमण गर्नुभएको छ। अक्टोबर ३१ मा दुई नेताहरूले बेइजिङको जन बहत सभाभवनमा वार्ता गर्दै नयाँ युगमा चीन-भियतनामको व्यापक रणनीतिक सहयोग साझेदारी सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने सहमत गर्नु भएको छ।

चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ राष्ट्रिय महाधिवेशनपछि सी चिनफिङसँग भेट हुने पहिलो विदेशी नेता गुएन फु ट्रोङ हुनुहुन्छ। यो भ्रमण भियतनामको कम्युनिष्ट पार्टीको १३ औँ राष्ट्रिय महाधिवेशनपछि गुएन फु ट्रोङको पहिलो विदेश भ्रमण पनि हो। चीन र भियतनामको समाजवादी उद्देश्य विकासको नयाँ चरणमा प्रवेश गरेको अवधिमा दुई पार्टीका शीर्ष नेताहरूले परम्परागत मित्रतालाई सुदृढ गर्न, रणनीतिक सञ्चारलाई सुदृढ गर्न, राजनीतिक आपसी विश्वास बढाउन र रणनीतिक परिप्रेक्ष्यबाट नयाँ युगमा चीन-भियतनामी सम्बन्धको विकासलाई औंल्याउँदै भिन्नताहरूलाई ठीकसँग व्यवस्थापन गर्नु भएको छ। अमेरिकी कूटनीतिक विद्वानहरूको वेबसाइटले गुएन फु ट्रोङको चीनको आधिकारिक भ्रमण चिनियाँ कम्युनिष्ट पार्टी र भियतनाम कम्युनिष्ट पार्टीबीचको विशेष सम्बन्धको प्रष्ट अभिव्यक्ति मात्र नभएर चीन र भियननामबीचको स्थिर विकासका लागि सकारात्मक संकेत पनि भएको बताएको छ।

वर्तमान विश्वमा एक शताब्दीमा नदेखिने गहिरो परिवर्तन देखिएको छ र विश्व अशान्त परिवर्तनको नयाँ युगमा प्रवेश गरिरहेको छ। चीन र भियतनामबीचको सम्बन्धलाई कसरी अगाडि बढाउने भन्ने प्रश्नमा महासचिव सी चिनफिङले तीनवटा सुझावहरू राख्नुभयो: दुई पक्षले समाजवादी दिशामा लाग्नुपर्छ, समाजवादी आर्थिक आधारलाई सुदृढ बनाउनुपर्छ र परम्परागत मित्रतालाई अगाडि बढाउनुपर्छ।

आर्थिक दृष्टिकोणबाट चीन र भियतनाम एकअर्काका महत्वपूर्ण आर्थिक र व्यापारिक साझेदार हुन्। हालैका वर्षहरूमा चीनको " बेल्ट एन्ड रोड" प्रस्ताव र भियतनामको "दुई करिडोर र एक सर्कल" रणनीतिलाई तीव्रता दिइएको छ र आर्थिक तथा व्यापारिक सहयोगको स्तरमा निरन्तर सुधार भएको छ। चीन धेरै वर्षदेखि भियतनामको सबैभन्दा ठूलो व्यापारिक साझेदार रहेको छ। भियतनाम आसियानमा चीनको सबैभन्दा ठूलो व्यापारिक साझेदार र विश्वको छैटौँ ठूलो व्यापारिक साझेदार हो।

सन् २०२१ मा द्विपक्षीय व्यापारको मात्रा २३० अर्ब अमेरिकी डलरभन्दा बढी पुगेको छ। वार्ताका क्रममा सी चिनफिङले "स्वास्थ्य हेरचाह, हरित विकास, डिजिटल अर्थतन्त्र र जलवायु परिवर्तनलाई सम्बोधन गर्ने क्षेत्रमा दुई देशबीचको सहयोगलाई अझ गहिरो बनाउने" कुरामा जोड दिनुभयो, जसले चीन र भियतनामबीच व्यावहारिक सहयोगको बललाई समेटेको छ।

भविष्य उन्मुख चीन र भियतनाम दुई पार्टीका शीर्ष नेताहरूको रणनीतिक निर्देशनलाई पालना गर्ने र दुई देशबीचको परम्परागत मित्रतालाई नयाँ युगको अर्थ दिनेछन्, जसले द्विपक्षीय सम्बन्धलाई निश्चित रूपमा नयाँ उचाइमा पुर्‍याउने छ। समयले साक्षी छ "चीन र भियतनाम हिमाल र नदीले जोडिएका असल छिमेकी र मित्र हुन्, र असल साथीहरू र असल साझेदारहरू हुन्।"