सी चिनफिङ र तान्जानियाका राष्ट्रपति हसनबीच भेटवार्ता
2022-11-03 20:18:30CRI
Share with:

नोभेम्बर ३ तारिख दिउँसो चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले तान्जानियाका राष्ट्रपति सामिया सुलुहु हसनको चीनको राजनितिक भ्रमणलाई स्वागत गर्न ग्रेट हल अफ द पिपुलमा एक समारोहको आयोजना गर्नुभयो। स्वागत समारोहपछि राष्ट्राध्यक्ष सी चिन फिङले राष्ट्रपति हसनसँग वार्ता गर्नुभयो। दुई राष्ट्र प्रमुखले चीन-तान्जानिया सम्बन्धलाई व्यापक रणनीतिक साझेदारीमा स्तरोन्नति गर्ने घोषणा गर्नुभएको छ

सी चिन फिङले नयाँ परिस्थितिमा चीन-तान्जानिया सम्बन्धको विकासले दुई देशको साझा र दीर्घकालीन हितमा मात्र नभई नयाँ युगमा चीन-अफ्रिका साझा भविष्यसहितको समुदायको निर्माणलाई अगाडि बढाउन पनि ठूलो महत्व राख्ने औंल्याउनुभयो। । सी चिनफिङले चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ महाधिवेशनको सान्दर्भिक अवस्था प्रस्तुत गर्नुभएको उहाँले चिनियाँ कम्युनिष्ट पार्टी तान्जानियाको क्रान्तिकारी पार्टीसँगको आदानप्रदान र सहयोगलाई निरन्तरता दिन इच्छुक रहेको उल्लेख गर्नुभयो। उहाँले चीन-तान्जानिया सम्बन्धलाई सधै रणनीतिक दृष्टिकोणबाट हेरेको र तान्जानियाको विश्वस्त मित्र भएको कुरामा जोड दिनुभयो।

तान्जानियाले चीनलाई आफ्नो साँचो र सबैभन्दा महत्पूर्ण मित्र मान्ने र चीनको विश्वासको योग्य साझेदार बन्न इच्छुक रहेको राष्ट्रपति हसनले बताउनुभयो। हसनले तान्जानिया-चीन सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन विभिन्न क्षेत्रमा चीनसँग व्यावहारिक सहयोग सुदृढ पार्ने इच्छा व्यक्त गर्नुभयो।