विश्व अर्थशास्त्रीको चिन्ताः अमेरिकाले लगातार ब्याज थपेर विश्व आर्थिक मन्दी बढाउने
2022-11-03 14:50:04cri
Share with:

नोभेम्बर ३ तारिख अमेरिकी फेडर रिर्जभले ७५ आधार बिन्दूको ब्याज थप्ने घोषणा गरेको छ। योसँगै अमेरिकी फेडरल रिर्जभले लगातार चार पटक ७५ आधार बिन्दूको ब्याज थपेको छ। साथै अमेरिकाले यस वर्षमा ६ पटक ब्याज थपेको छ। यस व्यवहारले विश्वलाई व्यापक चिन्तित बनाएको छ।

चाइना मिडिया ग्रुप अन्तर्गत विश्व अर्थतन्त्र नामक कार्यक्रमले रनमिन विश्वविद्यालयमातहतको राष्ट्रिय शासन र जनमत प्रतिष्ठानसँग मिलेर विश्वका १०० जना अर्थशास्त्रीलाई प्रश्न पत्र पठाएर गरिएको सर्वेक्षण अनुसार, अमेरिकाले निरन्तर ब्याज थपेबाट विश्व आर्थिक मन्दीको अवस्थालाई अझै बिगार्ने छ। ९० प्रतिशतका अर्थशास्त्रीले यसबाट आर्थिक विकासमा मन्दी छाउने र मुद्रास्फितिको खतरा पनि बढ्ने अनुमान गरेका छन्। ९४ प्रतिशतका अर्थशास्त्रीले अमेरिकाले निरन्तर ब्याज थपेबाट विकासोन्मुख मुलुकको ऋण संकट उकासिने जनाएका छन्।

विश्व बैंकले पहिले नै विश्वव्यापी ब्याज थप्ने व्यवहारले विश्व अर्थतन्त्रलाई मन्द गराउने छ भन्ने चेतावनी दिएको थियो। अमेरिकाले राष्ट्रिय नीति तय गर्दा विश्व अर्थतन्त्रमाथि पर्नसक्ने प्रभावबारे सोच्न धेरै अर्थशास्त्रीले आग्रह गरेका छन्।