राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा भगवान बुद्धको प्रस्तर मूर्ति अनावरण
2022-11-04 16:11:36cri
Share with:

नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले मुक्तिनाथ मन्दिर परिसरमा निर्मित भगवान् गौतमबुद्धको मूर्ति अनावरण र भगवान् विष्णुको विशाल मूर्ति निर्माण प्रक्रियाको शुभारम्भ गर्नुभएको छ।

बिहीबार राष्ट्रपति भण्डारीले मुक्तिनाथ मन्दिर परिसरमा निर्मित ३५ फिट अग्लो भगवान् गौतमबुद्धको मूर्ति अनावरण गर्नुभएको छ। साथै राष्ट्रपतिले सोही स्थानमा निर्माण गरिने भगवान् विष्णुको विशाल मूर्ति निर्माण प्रक्रियाको शुभारम्भ गर्नुभएको गोरखापत्र अनलाइनले लेखेको छ। 

राष्ट्रपति भण्डारीले प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथको आज बिहान दर्शन गर्नुभएको छ। उहाँले मन्दिर परिसरमा रहेका १०८ धाराको परिक्रमासँगै मन्दिरमा विशेष पूजाआजा गर्नुभएको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो।

त्यस्तै, राष्ट्रपतिले मुक्तिनाथको रानीपौवामा निर्माण गरिएको ‘लो मुस्ताङ हिमालयन रिसोर्ट’को पनि शुभारम्भ गर्नुहुने जनाइएको छ।