‘सिमसार सन्धि’१४औँ सदस्य अधिवेशनकालागि तयारी पूरा
2022-11-04 11:06:03cri
Share with:

सिमसार भूमि सन्धि१४औँ सदस्य अधिवेशन नोभेम्बर ५ तारिख चीनको उहान र स्वीट्जरल्याण्डको जेनेभामा एकै समयमा उद्घाटन गरिने भएको छ। चीनले पहिलो पटक यो अन्तर्राष्ट्रिय सिमसार अधिवेशनको आयोजना गर्नलागेको हो। 

यस पटकको अधिवेशनमासिमसार भूमिको कदर गर्ने, मानव र प्रकृति बीच समन्वय र अस्तित्व हुनेशीर्षक लिएर १४२ सदस्य संस्था र सम्बन्धित् अन्तर्राष्ट्रिय संगठनका ११०० बराबर प्रतिनिधिहरूले भाग लिने छन्। हाल अधिवेशनका विभिन्न तयारी कामहरू पूरा भएका छन्। 

अधिवेशनमाउहान घोषणा पत्र सार्वजनिक गरिनुका साथैसिमसार भूमि सन्धि२०२५२०३० रणनैतिक प्रारूप निर्णय प्रस्तावको लेखाजोखा गरिने छ। यसका साथै चीनमा एउटाअन्तर्राष्ट्रिय सदाबहार जङ्गल केन्द्रको स्थापना गरी विश्व सदाबहार जङ्गलको संरक्षणको अध्ययन गर्न र अन्तर्राष्ट्रिय सहयोग गर्नकालागि एउटा संस्था पनि स्थापना गरिने छ।