स्ट्राल्सुङड कम्फ्यूसियस इन्स्टिट्यूटद्वारा सँस्कृति र मानवको आदान-प्रदान
2022-11-04 09:13:44cri
Share with:

सन् २०१६ को अगष्टमा जर्मनीका तत्कालीन चान्सलर एन्जेला मर्केलले  उत्तर-पूर्वी जर्मनीको स्ट्राल्सुङड शहरमा जर्मनीको १७ औँ कम्फ्यूसियस इन्स्टिट्यूटको उद्घाटन गर्नुभएको थियो। जर्मनीका चान्सलरले कम्फ्यूसियस इन्स्टिट्यूटको उद्घाटन गर्नुभएको यो पहिलो पटक थियो। स्ट्राल्सुङड कम्फ्यूसियस इन्स्टिट्यूट स्थापना भएपछि चिनियाँ परम्परागत चिकित्साको प्रचार-प्रसार क्षेत्रमा प्रशस्त उपलब्धि हासिल गरेको, चीन र जर्मनीको सँस्कृति र मानवको आदान-प्रदान बढाउनका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको छ।

सन् २०१६ को अगष्टमा जर्मनीको स्ट्राल्सुङड प्रयोग विज्ञान विश्वविद्यालय र आन व्हैको ह फै विश्वविद्यालयले स्ट्राल्सुङड कम्फ्यूसियस इन्स्टिट्यूटको संयुक्त रुपमा स्थापना गर्न सहयोग गरेका थिए। जर्मनीका तत्कालीन चान्सलर मर्केलले यो कम्फ्यूसियस इन्स्टिट्यूटको उद्घाटन गर्नुभएको थियो। मर्केलले सोही दिन सम्बोधन गर्दै कम्फ्यूसियस इन्स्टिट्यूटले दुई मुलुकको सँस्कृति र मानवको आदान-प्रदानका लागि महत्वपूर्ण पुल उपलब्ध गराउनसक्ने आशा व्यक्त गर्नुभयो। स्ट्राल्सुङड कम्फ्यूसियस इन्स्टिट्यूटका चिनियाँ निर्देशक सुन चेनआनले सिँहावलोकन गर्दै भन्नुहुन्छ “सन् २०१५ मा मर्केलले चीनका प्रधानमन्त्री ली खछ्याङको निमन्त्रणामा हफैको भ्रमण गर्नुभयो। सो भ्रमणले स्ट्राल्सुङडमा कम्फ्यूसियस इन्स्टिट्यूटको स्थापना गर्ने जग बसालेको थियो। चीन र जर्मनीबीच सम्झौता पत्रमा हस्ताक्षर हुँदा मर्केलले भन्नुभयो, यो कम्फ्यूसियस इन्स्टिट्यूटको स्थापना भएमा म अनावरण समारोहमा सहभागी हुनेछ। मर्केल चीनको कम्फ्यूसियस इन्स्टिट्यूट उद्घाटन समारोहमा सहभागी हुनुभएको पहिलो पश्चिमी मुलुकका नेता हुनुहुन्छ।”

स्ट्राल्सुङड कम्फ्यूसियस इन्स्टिट्यूटले जमर्नीमा चिनियाँ भाषाको प्रचार-प्रसार गरेबाहेक, चीनको परम्परागत चिकित्साको प्रचार-प्रसार गरेको छ। निर्देशक सुनका अनुसार, स्थापना भएयता स्ट्राल्सुङड कम्फ्यूसियस इन्स्टिट्यूटले स्थानीय वासिन्दालाई चीनबारे जानकारी दिएको छ। सुन भन्नुहुन्छ “स्ट्राल्सुङड शहर सानो छ। स्थानीय वासिन्दाले चीनको द्रुत विकासको उच्च प्रशंसा गर्छन्। उनीहरूले कम्फ्यूसियस इन्स्टिट्यूट चीनबारे जानकारी लिने एक झ्याल बन्नसक्ने आशा लिन्छन्, साथै उनीहरूले पनि स्थानीय अर्थतन्त्र र समाजको विकासका लागि योगदान दिनसक्ने आशा लिन्छन्। त्यसैले हामीले भाषाको सँस्कृतिबाहेक, चिनियाँ परम्परागत चिकित्साको प्रचार-प्रसारलाई हाम्रो कम्फ्यूसियस इन्स्टिट्यूटको एक मुख्य कामको रुपमा बनाएका छौं। किनभने स्ट्राल्सुङडलाई चिनियाँ परम्परागत चिकित्सा चाहिन्छ।”

निर्देशक सुन चेनआनकाअनुसार, आन व्हैको पोचौ शहरमा विश्वको सबैभन्दा परिमाणको चिनियाँ जडिबुटी बजार र पूर्ण व्यवसाय शृङ्खला छ। त्यसैले स्ट्राल्सुङड कम्फ्यूसियस इन्स्टिट्यूटले जर्मनीमा चिनियाँ परम्परागत चिकित्साको प्रसार-प्रसार गर्ने क्रममा चिनियाँ जडिबुटी पाटिकललाई जर्मनी भित्र्याएको छ। जर्मनीका तत्कालीन चान्सलर मर्केलले यसको उच्च मूल्याङ्कन गर्नुभयो। सुन भन्नुहुन्छ “हाम्रो कम्फ्यूसियस इन्स्टिट्यूटको स्थापना भएको तेस्रो वार्षिकोत्सवमा मर्केलले हामीलाई बधाई सन्देश गर्नुभयो। उहाँले कम्फ्यूसियस इन्स्टिट्यूटले सामाजिक विकास र दुई मुलुकका जनताको आदान-प्रदानका लागि दिएको योगदान र चिनियाँ जडिबुटीलाई जमर्नीमा भित्र्याएको कुराबारे प्रकट गर्नुभयो।”