आयात एक्स्पोबाट चीनको शक्ति प्रदर्शन
2022-11-04 21:48:50cri
Share with:

सन् २०२२को नोभेम्बर ५ देखि १० तारिखसम्म पाँचौँ चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पो अर्थात सीआईआईई शाङहाईमा आयोजना हुँदैछ। विश्वमा पहिलो आयात विषयक राष्ट्रियस्तरीय एक्स्पोका रूपमा रहेर सन् २०१८ मा पहिलो पटक आयोजना भएयता सीआईआईई अन्तर्राष्ट्रिय किनमेल, लगानी प्रबर्द्धन, मानव आदान-प्रदान र खुला तथा सहयोगको मञ्च बनिसकेको छ।

राष्ट्राध्यक्ष सी चिनफिङले नोभेम्बर ४ तारिखको सीआईआईई उद्घाटन समारोहलाई सम्बोधन गर्दै खुला मानवजाति सभ्यता प्रगतिको महत्वपूर्ण शक्ति हरको भन्दै विश्व समृद्धि तथा विकासको आवश्यक बाटो पनि रहेको स्पष्ट पार्नुभइ। उहाँले हाल विश्वसमक्ष सय वर्षसम्म नदेखिएको परिवर्तनको अवस्था देखिएको र विश्व आर्थिक पुनर्रूत्थानको शक्ति अभाव रहेकाले हामीले खुला तथा सहयोग गरी विश्वव्यापीकरणलाई बढाएर सबै जनतालाई अझ न्यायपूर्ण विकास उपलब्धि साझा गर्न प्रबर्द्धन गर्नुपर्ने दोहोर्याउनुभयो।

विगत विभिन्न एक्स्पो उद्घाटन समारोहमा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले एक सय पटकभन्दा बढी खुलापन शब्द दोहोर्याउनुभयो। सन् २०२० मा कोभिड-१९ महामारी विश्वव्यापी फैलिन थाल्यो तर तेस्रो सीआईआईई समयमै सुरू भएको थियो। १ अर्ब ४० करोड जनसंख्यामा आधारित सुपर विशाल आन्तरिक माग बजार, ४० करोडभन्दा बढी मध्य स्तरीय आय समूह, हरेक वर्षको आयात सामग्री र सेवा २५ खर्ब अमेरिकी डलर पुगेको छ। यी सबै नै चीनका आकर्षण शक्ति हुन्।

नले खुलापनको धारणा विश्वसमक्ष देखाइरहेकाले विगत चारवटा सीआईआईई एक्स्पोमा १५०० भन्दा बढी नयाँ वस्तु, नयाँ प्रविधि वा सेवा पहिलोपटक प्रदर्शन गरिएका छन् भने लेनदेनमा इच्छुक मात्रा २ खर्ब ७२ अर्ब ३० करोड अमेरिकी डलर पुगेको छ। यसरी नै सीआईआईई अन्तर्राष्ट्रिय व्यापार बृद्धि र विश्व आर्थिक विकासको प्रबर्द्धक बनेको छ।