सी चिनफिङद्वारा पाँचौँ सीआईआईई उद्घाटन समारोहलाई भिडियोमार्फत सम्बोधन
2022-11-04 20:38:26cri
Share with:

नोभेम्बर ४ तारिख बेलुका चीनका राष्ट्राध्यक्ष सी चिनफिङले भिडियोमार्फत शाङहाइमा आयोजना भएको पाँचौँ चीनको अन्तर्राष्ट्रिय आयात एक्स्पोको उद्घाटन समारोहलाई सम्बोधन गर्नुभयो। सो अवसरमा उहाँले खुला तथा समृद्ध असल भविष्यको संयुक्त रचना शीर्षक सम्बोधन गर्नुभएको छ।

राष्ट्राध्यक्ष सी चिनफिङले चिनियाँ कम्युनिष्ट पार्टीको बीसौँ महाधिवेशनमा चीन वैदेशिक खुलापनको आधारभूत राष्ट्रिय नीति, आपसी हितयुक्त र साझा फाइदायुक्त खुलापन रणनीति, आर्थिक विश्वव्यापीकरणको दिशामा अडिग रहेर आन्तरिक तथा अन्तर्राष्ट्रिय बजारबीचको आदान-प्रदानलाई बढाई चिनियाँ विकासका आधारमा विश्वलाई नयाँ मौका प्रदान गरेको बताउनुभयो। चीनले खुला विश्व अर्थतन्त्रको रचना प्रवर्द्धन गर्ने कुरामा जोड दिइएको बताउनुभयो।

सी चिनफिङले खुला मानवजाति सभ्यता प्रगतिको महत्वपूर्ण शक्ति हरको भन्दै विश्व समृद्धि तथा विकासको आवश्यक बाटो पनि रहेको स्पष्ट पार्नुभइ। उहाँले हाल विश्वसमक्ष सय वर्षसम्म नदेखिएको परिवर्तनको अवस्था देखिएको र विश्व आर्थिक पुनर्रूत्थानको शक्ति अभाव रहेकाले हामीले खुला तथा सहयोग गरी विश्वव्यापीकरणलाई बढाएर सबै जनतालाई अझ न्यायपूर्ण विकास उपलब्धि साझा गर्न प्रबर्द्धन गर्नुपर्ने दोहोर्याउनुभयो।

राष्ट्राध्क्ष सीले जोड दिनुभएअनुसार चीनले विभिन्न मुलुकद्जारा ठूलो चिनियाँ बजारको सँयुक्त उपभोग  प्रवर्द्धन गर्दै जाने छ। साथै स्वदेशी ठूलो बजारको निर्माणलाई तिब्र बनाउँदै वस्तुहरूको व्यापारको अनुकूलन र स्तर वृद्धिलाई बढावा दिने र उच्च गुणस्तरका उत्पादनहरूको आयात विस्तार गर्ने छ। व्यापारको नविन विकास र बेल्ट एण्ड रोडको उच्च गुणस्तरको सँयुक्त निर्माणलाई प्रवर्द्धन गर्ने छ।

 उहाँका अनुसार बाटो हाम्रो खुट्टामुनि छ र उज्यालो भविष्य अगाडि छ। चीनले विभिन्न मुलुकसँगसँगै वास्तविक बहुपक्षीयवादलाई व्यवहारमा उतार्दै पूर्ण विश्व अर्थतन्त्रका सामु देखापरेको कठिनाई र चुनौतिको सामना गर्दै जाने इच्छा राखेको  छ। जसबाट ग्लोबल विकासका लागि नयाँ उज्यालो यात्रा सिर्जना गरिने छ।