चीनको पैतौ "विश्वको पैतौ" बन्नेछ
2022-11-05 15:58:40cri
Share with:

"पैतौ प्रणालीले अन्तर्राष्ट्रिय विकासमा योगदान पुर्‍याउन सक्छ भन्ने कुरामा म विश्वस्त छु, विशेष गरी पैतौ प्रणालीले दिगो विकास लक्ष्यहरू हासिल गर्न प्रयासरत विकासोम्मुख देशहरूलाई समर्थन प्रदान गर्न सक्छ।" हालै, ग्लोबल स्याटेलाइट नेभिगेसन प्रणालीसम्बन्धी अन्तर्राष्ट्रिय समितिको १६ औँ महासभा युएईको अबुधाबीमा आयोजित भएको छ। पाकिस्तानका प्रतिनिधि हकरले यस्तो मूल्याङ्कन गर्नु भएको हो। नोभेम्बर ४ तारिख चीनले जारी गरेको श्वेतपत्र "नयाँ युगमा चीनको पैतौ" ले उहाँको कुरालाई पूर्ण प्रमाणित गर्दछ।

 १२ हजार शब्दको सो श्वेतपत्रले चीनको पैतौ प्रणालीको विकास इतिहासको व्यापक समीक्षा गर्दछ र पैतौ प्रणाली नयाँ युगमा प्रवेश गरेदेखि नयाँ सेवा क्षमताहरू सिर्जना गरेको, नयाँ औद्योगिक विकासलाई व्यवहारमा उतारेको, भविष्यमा नयाँ यात्रा खोलेको छ।

निर्माणको प्रारम्भिक अविधिमा पैतौ प्रणालीले निर्माण, प्रयोग र अन्तर्राष्ट्रिय सहयोगलाई जोड दिन्छ। हाल चीनले एसिया, अफ्रिका र ल्याटिन अमेरिकाका बहु-क्षेत्रीय संगठनहरू र देशहरूसँग सहकार्य संयन्त्र स्थापना गरेको छ भने सन् २०१६ देखि उपग्रह नेभिगेसन सहयोग सम्झौताहरू, समझदारी ज्ञापनहरू र सहयोग मार्गचित्रहरू सहित ५० भन्दा बढी परिणाम दस्तावेजहरूमा हस्ताक्षर गरेको छ।

चीनले नयाँ पुस्ताको पैतौ प्रणालीलाई थप उन्नत प्रविधि, थप शक्तिशाली कार्यहरू र राम्रा सेवाहरू सहित नयाँ पुस्ता प्रणालीको निर्माण गर्ने छ जसबाट चिनियाँ शैलीको आधुनिकीकरणको लागि अझ बलियो अन्तरिक्ष-समय पूर्वाधार सिर्जना गर्नेछ।

यसको मतलब यो हो कि त्यो बेलासम्म, मानिसहरूले कुनै पनि समय र संसारको कुनै पनि ठाउँमा पैतौ प्रणालीद्वारा प्रदान गरिएको सुरक्षित र भरपर्दो स्पेस-टाइम प्रविधिको मज्जा लिन सक्छन्। नयाँ युगमा पैतौले संसारको राम्रो सेवा गर्ने छ र मानवजातिलाई फाइदा पुर्याउने छ।