चीनको नयाँ विकासबाट अफ्रिकालाई नयाँ अवसर प्रदान
2022-11-05 16:15:08cri
Share with:

नोभेम्बर ३ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले पैचिङ भ्रमणमा रहनुभएका तान्जानियाका राष्ट्रपति सुमिया सुलुहु हसानसँग वार्ता गर्दै नयाँ स्थितिमा चीन-तान्जानिया सम्बन्धको राम्ररी विकास गर्नु दुई देशका साझा र दीर्घकालीन हितसँग अनुकूल रहेको बताउनुभयो। उहाँले दुई देशको सम्बन्धले नयाँ युगमा चीन-अफ्रिका भाग्य समुदायको रचना गर्न महत्वपूर्ण अर्थपूर्ण भएको विचार पनि व्यक्त गर्नुभएको छ। सो अवसरमा दुई देशका शीर्ष नेताले चीन-तान्जानिया सम्बन्धलाई चौतर्फी रणनीतिक सहयोगी साझेदारी सम्बन्धसम्म उकासेर उच्च तहबीचको आवत-जावत, संवाद प्रवृत्ति, आर्थिक तथा व्यापारिक सहयोग बढाउने लगायत विषयबारे विभिन्न महत्वपूर्ण सहमति सम्पन्न भएको घोषणा गर्नुभएको छ। साथै दुई पक्षले संयुक्त वक्तव्य प्रकाशित गर्नुका साथै बहु सहयोग पत्रमा हस्तक्षर गरी नयाँ युगको चीन-तान्जानिया र चीन-अफ्रिका सहयोगलाई बलियो शक्ति प्रदान गरेका छन्।

राष्ट्रपति हसान सीपीसीको बीसौँ महाधिवेशनपछि चीन आउनु भएका पहिलो अफ्रिकी राष्ट्रानायक हुनुहुन्छ। यसबाट चीन-तान्जानिया सम्बन्धको घनिष्टता पूर्ण रूपमा प्रतिबिम्बित भएको छ। हाल विश्वसमक्ष सय वर्षसम्म नदेखिएको परिवर्तन स्थिति र महामारी देखा परेको छ। चीन विश्वको सबभन्दा ठूलो विकासोन्मुख मुलुक हो भने अफ्रिका सबभन्दा बढी विकासोन्मुख मुलुक रहेको मुख्य भूमि हो। चीन-अफ्रिका घनिष्ट सहयोग दुई पक्षबीचको मूल हितसँग

अनुकूल रहेको छ साथै विश्वको न्यायको संरक्षण गर्न र विश्व दिगो विकासलाई बढाउन पनि निकै महत्वपूर्ण अर्थ रहेको छ।
भर्खरै सम्पन्न सीपीसी बीसौँ महाधिवेशनले स्पष्ट रूपमा देखायो कि वैदेशिक खुलापनको आधारभूत राष्ट्रिय नीति र आपसी हितयुक्त र साझा फाइदायुक्त खुलापन रणनीतिमा चीन अडिग रहेर चीनको नयाँ विकास लिएर विश्वलाई नयाँ मौका प्रदान गरिरहनेछ। राष्ट्रिय पुनःरूत्थान खोजिरहेका अफ्रिका मुलुकका लागि चिनियाँ शैलीको आधुनिकिकरण बाटोले सिक्नलगायत अनुभव प्रदान गरेको छ र झनै खुला भएको चिनियाँ ढोकाले तिनीहरूलाई विकास शेयर स्पेस प्रदान गरेको छ।
अफ्रिकाको उखान छ कि अलगै हिँडेर छिटो पुगिन्छ तर सामूहिक रूपमा हिँडे टाढा पुगिन्छ। २ अर्ब ७० करोड अफ्रिकी जनता सँगै मिलेमा अझ राम्रो भविष्यको सिर्जना हुन सक्छ। झनै सुदृढ भएकत्र नयाँ युगको चीन-अफ्रिका भाग्य समुदायले विश्वको शान्ति र विकासलाई अरू बढी सक्रियता प्रदान गर्नेछ।