“यो बजार निकै ठूलो छ, मैले सोचेकोभन्दा पनि ठूलो!”
2022-11-05 20:16:09CRI
Share with:


 “यो बजार निकै ठूलो छ, मैले सोचेकोभन्दा ठूलो छसन् २०२० मा पहिलो चोटि सीआईआईईमा संलग्न भएपछि नेपाली युवा शंकर कोइरालाले जतातत्तै ग्राहक भेट्टाएको अनुभव सुनाए। उनले भने, चीनमा मात्र बसेर व्यापारको ठूलो फरक देखिन्छ, सीआईआईईकै कारण चीन रोजेको हुँ।

सन २०२० अघि कोइराला नेपालको एक हस्तकला पसलका साहुजी थिए। सो अवसर उनले धेरै चिनियाँ ग्राहक भेटेका थिए त्यसैले केही सरल चिनियाँ भाषा पनि सिके। तर सन् २०२० मा कोभिड महामारी फैलिएबाट नेपाली पर्यटन उद्योगमा निकै भयंकर प्रभाव परेको थियो। पर्यटन उद्योगमा निर्भर भएका कोइरालाको व्यापारमा पनि नराम्रो असर पुग्यो। त्यति बेला उनले चीनमा वार्षिक आयात एक्स्पोको आयोजना हुने खबर पाए र प्रयास गर्ने मनोवृत्तिको आधारमा संलग्न गरे। पहिलो चोटि संलग्न भएकाले प्रदर्शन स्टल सानो थियो साथै अनुभव अभाव भए पनि उनको कोशिसमा बल्ल व्यापार मात्रा ५ लाख चिनियाँ युआनको उपलब्धि पाएका थिए। उनलाई पनि अच्चम लाग्यो कि यो बजार निकै ठूलो छ र उनले सोचेकोभन्दा पनि ठूलो।

त्यसपछि कोइराला चीन बस्न थालेका हुन। उनले चिनियाँ बजार समातेका छन् साथै नयाँ मिडियाको मौका पनि समातेका छन्। प्रदर्शनबाहेक उनले पसल खोल्ने, अलिबाबामा इन्टर्नेट पसल खोले, टिकटकमा पनि आफ्नो अकाउन्ट छ। हाल टिकटकमा उनका लगभग १ लाख अनुयायी छन्। एउटा २० सेकेन्ड नपुगेको भिडियोले ३० हजार लाइक पाउँछ।

नोभेम्बर ४ तारिख पाँचौँ सीआईआईई समयमै सुरू भएको छ। कोइरालाले तत्कालै दर्ता गर्नुका साथै प्रदर्शन स्टलको क्षेत्रफललाई पहिलाको दोब्बर बनाएका छन्। उनले भने चिनियाँ उपभोग बजारमा मेरो प्रशस्त विश्वास छ भने यस चोटिको नयाँ उपलब्धि हुने म विश्वस्त छु। वास्तवमा नेपाली युवा कोइरालाजस्ता अरू धेरै विदेशी व्यापरीहरू छन्, उनीहरूले सीआईआईईमार्फत चीन आएर विकास गर्ने र चिनियाँ बजारको फाइदा पाउने गरेका छन्।

तथ्याङ्कका अनुसार, यस चोटिको सीआईआईईमा १४५ वटा मुलुक, क्षेत्र र अन्तर्राष्ट्रिय संगठन संलग्न भएका छन् भने २८४ वटा विश्व शीर्ष ५०० व्यवसाय संलग्न भएका छन्। विश्वमा पहिलो आयात विषयक राष्ट्रिय स्तरीय प्रदर्शनको रूपमा रहेको सीआईआईईमा हालसम्म जम्मा गरी १५०० भन्दा बढी नयाँ उत्पादित वस्तु, नयाँ प्रविधि र नयाँ सेवा पहिलो चोटि प्रदर्शन गरिएका छन् भने कारोबार मात्रा २ खर्ब ७० अर्ब अमेरिकी डलर पुगेको छ। सीआईआईई अन्तर्राष्ट्रिय आदान-प्रदान बढाउने अन्तर्राष्ट्रिय सार्वजनिक वस्तु बनिसकेको छ। वर्तमान विश्व आर्थिक स्थितिसमक्ष विभिन्न चुनौति, व्यापारिक संरक्षणवाद देखिएको बेलामा यो निकै अमूल्य भएको देखिन्छ। साथै चीनको वैदेशिक खुला ढोका झनै ठूलो हुने पनि प्रमाणित भएको छ। चीनका राष्ट्राध्यक्ष सी चिनफिङले नोभेम्बर ४ तारिखको उद्घाटन समारोहमा सम्बोधन गर्नुभएको झैँ चीनले खुला भएर विकासको कठिनलाई जित्ने, सहयोग गर्ने, नवीन सिर्जनाको विकास गर्ने, विकासको शेयर गर्ने गरी अझ न्याय रूपमा विभिन्न मुलुकका जनतासँग विकासको फाइदा बाँड्नेछ।