सिमसार संरक्षण गर्नका लागि चिनियाँ प्रस्ताव
2022-11-06 18:43:10cri
Share with:

नोभेम्बर ५ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले भिडियोमार्फत वुहानमा आयोजित सिम्सार सन्धिको चौधौँ अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै आपसी बुझाइ र सहयोगलाई बढाएर सिम्सारको विश्वव्यापी संरक्षण कार्यक्रमलाई अघि सार्नुपर्ने दोहोर्याउनुभयो।

सिम्सार, वनस्पति र सागरलाई पृथ्वीका तीनटा पारिस्थितिक प्रणाली भनिन्छ र पृथ्वीको मृगौलाका रूपमा मानिन्छ। सिम्सार सन्धिको सचिवालयबाट निकालिएको प्रतिवेदनका अनुसार, गत शताब्दीको ७०औँ दशकदेखि विश्वको सिम्सारको क्षेत्रफल ३५ प्रतिशतसम्म घटेको छ र बाँकी सिम्सार विभिन्न प्रभाव भएसँगै पनि घटिरहेको छ।

यो पृष्ठभूमिमा राष्ट्राध्यक्ष सी चिनफिङले सिम्सारको संरक्षण गर्ने विश्वव्यापी सहमतिको निर्माण गर्ने, सिम्सारको संरक्षण गर्ने विश्वव्यापी प्रकृयालाई अघि सार्ने, सिम्सारबाट जनतालाई फाइदा पुर्याउन प्रबर्द्धन गर्ने समेत तीन वटा प्रस्ताव प्रस्तुत गरी विश्वको सिम्सार संरक्षण गर्न स्पष्ट दिशा निर्देश गर्नुभएको छ।

ती तीनटा प्रस्तावले वर्तमान सिम्सारको समस्याबारे सिधा समाधान देखाएको र धेरै व्यवहारिकता रहेको चीनले मानवजातिको भाग्य समुदायको रचना गर्न बढाउन गरेको अर्को प्रयास पनि हो।