खुला चीनले विश्वसँग तीनटा सुअवसर साझा गर्ने
2022-11-06 16:28:26cri
Share with:

भेम्बर ४ तारिख बेलुका चीनका राष्ट्राध्यक्ष सी चिनफिङले भिडियोमार्फत शाङहाइमा आयोजित पाँचौँ चीन अन्तर्राष्ट्रिय आयात एक्स्पोको उद्घाटन समारोहलाई सम्बोधन गर्नुभएको छ। सो अवसरमा उहाँले विभिन्न मुलुक र पक्षबीच सुअवसर साझा गर्न चीनले प्रबर्द्धन गर्ने दोहोर्याउनुभयो। सहभागीहरूको विचारमा राष्ट्राध्यक्ष सी चिनफिङको सम्बोधन निकै प्रोत्साहित छ र उच्च स्तरीय खुलापन र साझा विकासलाई बढाउने चीनको दृढ अठोट देखाइएको छ।

पाँच वर्षअघि राष्ट्राध्यक्ष सी चिनफिङले खुलापन विस्तृत गरी चिनियाँ बजारलाई विश्वको ठूलो मौकाको रूपमा बनाउने लक्ष्य लिएर चीन अन्तर्राष्ट्रिय आयात एक्स्पो आयोजना गर्ने घोषणा गर्नुभएको थियो। हाल यो एक्स्पो चीनले नयाँ विकास ढाँचाको रचना गर्ने झ्याल, उच्चस्तरीय खुलापन बढाउने मञ्च, विश्वव्यापी साझा हुने अन्तर्राष्ट्रिय सार्वजनिक वस्तु बनिसकेको छ।

सीपीसीको २०औँ महाधिवेशनको प्रतिवेदनले दोहोर्याएको छ कि वैदेशिक खुलापनको आधारभूत राष्ट्रिय नीति, आपसी हितयुक्त र साझा फाइदायुक्त खुलापन रणनीतिमा चीन अडिग रहेर चीनको नयाँ विकास लिएर विश्वलाई नयाँ सुअवसर प्रदान गरिरहनेछ। ती नयाँ सुअवसर के हो त? राष्ट्राध्यक्ष सी चिनफिङले सम्बोधन गर्दै उल्लेख गर्नुभयो कि चीनले विभिन्न मुलुक र पक्षबीच चिनियाँ बजारको सुअवसर, प्रणालीत्मक खुलापन सुअवसर, अन्तर्राष्ट्रिय सहयोग सुअवसरको साझा गर्न बढाउनेछ। विश्लेषकका अनुसार, ती तीनटा सुअवसरले कठिन रूपमा पुनःरूत्थान हुने विश्वको अर्थतन्त्रलाई सबल सक्रियता थपेको छ।