चीन-जर्मनीबीचको सम्बन्धको भविष्य
2022-11-06 16:49:37cri
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले नोभेम्बर ४ तारिख पैचिङमा जर्मनीका प्रधानमन्त्री ओलाफ स्कोल्जसँग वार्ता गर्दै चीनले जर्मनीसँग मिलेर भविष्य उन्मुख व्यापक रणनीतिक साझेदारी सम्बन्धको रचना गरी चीन-जर्मनी र चीन-युरोप सम्बन्धको नयाँ विकासलाई बढाउने इच्छा लिएको विचार व्यक्त गर्नुभयो। स्कोल्जले जर्मनीले चीनसँग मिलेर आपसी बुझाइ र विश्वासलाई बढाउँदै जर्मनी-चीन सम्बन्धलाई स्थिर, सुदृढ र विकास गर्ने इच्छा लिएको बताउनुभयो।

स्कोल्ज सीपीसीको २०औँ महाधिवेशन सम्पन्न भएपछि चीन भ्रमण गर्नुभएको पहिलो युरोपेली नेता हुनुहुन्छ। साथै उहाँले जर्मनीका प्रधानमन्त्री नियुक्त हुनुभएपछि चीनको भ्रमण गर्नुभएको पहिलो पटक पनि हो। चीन र जर्मनीबीच फरक राजनीतिक व्यवस्था र विकास बाटो देखिन्छ त्यसैले केही विषयमा दुई देशबीच मतभेद देख्नसकिन्छ। जसले दुई देश बीचको सम्बन्ध विकासलाई केही प्रभाव पारेको छ।

राष्ट्राध्यक्ष सी चिनफिङले चीन र जर्मनीले आपसी सम्मान र पारस्परिक केन्द्रित हित ध्यान गरी संवाद तथा सल्लाहमा अडिग रहेर द्वन्द्वलगायत तत्वको संयुक्त रूपमा विरोध गर्नुपर्ने दोहोर्याउनुभयो। स्कोल्जले विश्वलाई बहु-ध्रुवीय ढाँचा चाहिन्छ भने नव उदीयमान मुलुकको भूमिका र प्रभावमा ध्यान दिनुपर्ने विचार व्यक्त गर्नुभयो। जर्मनीले द्वन्द्वको विरोध गर्छ र राजनीतिज्ञले त्यसको जिम्मा लिनुपर्ने कुरामा पनि उहाँले जोड दिनुभयो।
सहयोग भए साझा फाइदा हुन्छ भन्ने जर्मनीले स्पष्ट रूपमा बुझ्छ। स्कोल्जले चीन भ्रमण गर्नुअघि जर्मन र अमेरिका मिडियामा छुट्टाछुट्टै लेख सार्वजनिक गरी चीनसँग सम्बन्ध विच्छेद गर्ने जर्मनीको इच्छा नभएको स्पष्ट रूपमा औँल्याउनुभयो। कुनै मुलुकले डिकपलिङबारे प्रचार गरिरहेको बेलामा यस्ता तर्कसंगत आवाजले जर्मन व्यवसाय क्षेत्रको स्वागत पाएको छ।