खुलापन पाँचौं चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पोको मुख्य प्रवाह
2022-11-07 17:15:55CRI
Share with:

पाँचौं चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पो नोभेम्बर ४ तारिख शुरू भएको छ। चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता चाउ लीचेनले ७ तारिख नियमित पत्रकार सम्मेलनमा चिनियाँ कम्युनिष्ट पार्टीको २०औं महाधिवेशनपछि चीनले आयोजना गरेको पहिलो ठूलो अन्तर्राष्ट्रिय प्रदर्शनीको रुपमा पाँचौं चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पो विभिन्न पक्षद्वारा ध्यान दिइएको, चीनका राष्ट्राध्यक्ष सी चिनफिङले उद्घाटन समारोहमा सम्बोधन गर्दै भन्नुभए झैं चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पो चीनले नयाँ विकास बनौटको सिर्जना गर्ने झ्याल, उच्च स्तरको खुलापन बढाउने चौतारो, विश्वले बाँड्ने अन्तर्राष्ट्रिय सार्वजनिक वस्तु बनिसकेको कुरा बताउनुभएको छ। उहाँले चीनले विभिन्न मुलुक र विभिन्न पक्षसँग चीनको ठूलो बजारको मौका बाँड्ने, खुलापनको मौका बाँड्ने, अन्तर्राष्ट्रिय सहयोगको मौका बाँड्ने कुरा बताउनुभएको छ। 

प्रवक्ता चाउकाअनुसार, खुलापन यस पटकको आयात एक्स्पोको मुख्य प्रवाह हो। तथ्यांकअनुसार, जम्मा १४५ वटा मुलुक, क्षेत्र र अन्तर्राष्ट्रिय संगठन यस पटकको आयात एक्सपोमा सहभागी भएका छन्। ती मुलुकहरूमा विकसित मुलुक, विकासोन्मुख मुलुक र केही अति कम विकसित मुलुक समावेश छन्।

चाउले खुलापन आयात एक्स्पोको रहस्य हो र विश्वको आर्थिक पुनरुत्थान र विकासको आशा हो भन्दै चीनको खुलापनको ढोका अझै ठूलो हुने कुरा बताउनुभयो।