चिनियाँ शैलीमा आधुनिकीकरणबाट विभिन्न मुलुक लाभान्वित
2022-11-07 18:45:26CRI
Share with:

एक जना नेपाली ब्यापारी छन् जो सररर चिनियाँ भाषा बोल्छन्। चिनियाँ परिकार मन पराउँछन् अनि टिकटकमा १ लाखभन्दा बढी फ्यानहरू छन्। उनी हुन्, लगातार ३ वर्षसम्म शाङ्हाइ आयात-निर्यात एक्स्पोमा भाग लिइरहेका शंकर कोइराला। उनको शाङ्हाइ आयात निर्यात एक्स्पोसँग प्रगाढ सम्बन्ध छ। सन् २०२०मा नेपालमा रहेका बेला शाङ्हाइ एक्स्पोबारे थाहा पाएपछि एउटा प्रयास गरेर उनले यसमा भाग लिएका थिए। चीन एउटा विशाल बजार हो भन्ने बुझाई एक्स्पोमा सहभागी भएपछि उनको मनमा आयो। अनि शाङ्हाइमा पसल खोलेर अझ बढी ‘अर्डर’ पाउन थाले। नेपाली व्यापारी शंकर शाङहाई एक्स्पो भन्ने चीनको खुलापन तथा सहयोग मञ्चबाट लाभान्वित भएका विभिन्न मुलुकका व्यापारीहरूको सानो रूप हुन्।

शाङ्हाइ आयात निर्यात एक्स्पोमा विश्वका विभिन्न मुलुकका वस्तुहरू पाइन्छन् र विभिन्न मुलुकलाई लाभान्वित गराइन्छ। अन्तर्देशीय कम्पनीहरूले यहाँबाट साथीको सर्कलको विस्तार गर्ने गरेका छन् भने स-साना कम्पनीहरूले यहाँबाट विश्वव्यापी मूल्य चेन तथा आपूर्ति चेनमा प्रवेश भएर विकासको नयाँ मौका पाउने गरेका छन्। चीनको वाणिज्य मन्त्रालयको तथ्याङ्क बमोजिम, गत ४ वर्षमा आयोजित शाङहाई आयात निर्यात एक्स्पोमा जम्मा गरी सम्पन्न गरिएका इच्छा पत्रमा संलग्न रकम २.७ करोड अमेरिकी डलर पुगेको छ। शाङहाई एक्स्पोको सफल आयोजनाबाट विश्वसमक्ष प्रमाणित गरिसकेको छ कि विश्वको लागि चिनियाँ बजारलाई खुला पार्दै विकास मौका बाँड्दै जाने निश्चिताता तथा विश्वास छ।

 

वर्तमान विश्वमा मूल्य तथा आपूर्ति चेन गहन रूपमा विकसित भइरहेको सिलसिलामा तपाईंमा म र ममा तपाईं भन्ने अवस्था रहिरहेको छ। खुलापन तथा सहयोग नै अन्तर्राष्ट्रिय व्यापारको जीवन्त शक्तिलाई बढाउने महत्वपूर्ण इन्जिन हो। साथै खुलापन तथा सहयोग नै विश्वको आर्थिक स्थिरता तथा पुनरूत्थानलाई बढाउने वास्तविक आवश्यकता पनि हो। ‘चीनले विश्वका विभिन्न मुलुकसँगै मिलेर वास्तविक बहुपक्षीयतावादलाई व्यवहारमा उतार्दै खुलापन भन्ने मतैक्यतालाई भेला गरिरहेको छ। विश्वव्यापी आर्थिक विकासमा देखा परेका कठिनाइ तथा चुनौतीको संयुक्त सामना गर्दै खुलापनबाट विश्वको विकासमा नयाँ उज्ज्वल भविष्यको सिर्जना गर्ने इच्छा चीनले लिएको छ।’ यो नै गत नोभेम्बर ४ तारिख चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले पाँचौं चीन अन्तर्राष्ट्रिय आयात निर्यात एक्स्पोमा दिनुभएको सम्बोधन हो। सो अवधिमा उहाँले यसरी जोड दिनुभयो, ‘खुलापनबाट विकासको कठिन अवस्थालाई सुधार गर्ने, सहयोगको शक्ति थप्ने, नवीकरणको प्रवृत्तिलाई बढाउने र उज्ज्वल भविष्य बाँडचुँडको मौका खोज्ने जसबाट विश्वव्यापीकरण अघि बढ्दै विभिन्न मुलुकको विकास क्षमता बढ्दै जानेछ र विकासको प्रतिफल अझ बढी र न्यायोचित रूपमा विभिन्न मुलुकका जनतामाझ पुर्याउन सकिनेछ।’

आयात निर्यात एक्स्पो चिनियाँ शैलीमा आधुनिकीरण कार्यान्वयनको मञ्च तथा झ्यालमध्येको एक भएको सर्वविदितै छ। खुला तथा समावेशी विश्वबाट विभिन्न मुलुकको लागि अझ फराकिलो विकास ल्याइने छ र मानवजातिको लागि अझ समृद्ध भविष्य पनि ल्याइने विश्वास छ।