चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङद्वारा अन्तर्राष्ट्रिय बाँस तथा निगालो सञ्जाल स्थापनाको २५औं वार्षिकोत्सव र दोस्रो विश्व बाँस तथा निगालो सम्मेलनलाई शुभकामना
2022-11-07 16:13:10CRI
Share with:

नोभेम्बर ७ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले अन्तर्राष्ट्रिय बाँस तथा निगालो सञ्जालको स्थापना भएको २५औं वार्षिकोत्सव र दोस्रो विश्व बाँस तथा निगालो सम्मेलनलाई शुभकामना दिनुभएको छ। 

सीले अन्तर्राष्ट्रिय बाँस तथा निगालो सञ्जालले स्थापना भएयता बाँस तथा निगालोको संरक्षण, विकास र प्रयोग, विश्व पर्यावरणीय वातावरणको संरक्षण र दिगो विकास बढाउनका लागि रचनात्मक भूमिका निर्वाह गरेको कुरा बताउनुभयो। 

सीले चीनले पर्यावरणीय सभ्यताको निर्माणलाई अगाडि बढाएको, मानव र प्रकृतिको मेलमिलापयुक्त अस्तित्वको विकास अवधारणालाई सक्रियताका साथ व्यवहारमा उतारेको, विभिन्न पक्षसँग मिलेर मानव र प्रकृतिबीचको भाग्य समुदायको सिर्जना गर्ने आशा लिएको कुरामा जोड दिनुभयो।