पाँचौं चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पोअन्तर्गत हुङछ्याउ अन्तर्राष्ट्रिय अर्थतन्त्र मञ्च सम्पन्न
2022-11-08 16:52:45CRI
Share with:

नभेम्बर ७ तारिख दिउँसो पाँचौं चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पोअन्तर्गत हुङछ्याउ अन्तर्राष्ट्रिय अर्थतन्त्र मञ्चका अन्तिम दुई वटा शाखा मञ्च सम्पन्न भएको छ। त्यसपछि हुङछ्याउ मञ्चका २४ वटा कार्यक्रम सम्पूर्ण रुपमा सम्पन्न भएका छन्। आयात एक्स्पोको महत्वपूर्ण भागको रुपमा हुङछ्याउ मञ्चले विश्वलाई खुला चिनियाँ आवाज प्रसारण गरेको छ।

यसबाहेक, हुङछ्याउ मञ्चले “विश्व खुलापन प्रतिवेदन” र विश्व खुलापन सूचकांक उपलब्ध गराएको छ। विशेषज्ञ र विद्वानले यसमाथि ध्यान दिएर छलफल गरेका छन्। उक्त प्रतिवेदनले कोरोना भाइरस महामारीपछि विश्वको खुलापन सूचकांक पहिलो पटक सार्वजनिक गरेको छ। चीनको खुलापन सूचकांक सन् २०१२देखि नै बढिरहेको छ। निरन्तर रुपमा खुला भैरहेको चीन अर्थतन्त्रको विश्वव्यापीकरणलाई अगाडि बढाउने महत्वपूर्ण शक्ति बनिरहेको छ।