#अल्पसंख्यक जाति# म्याउ जातीय सर्वसाधारणलाई अङै सुखमय लगाउनुपर्छ—प्रतिनिधि याङ निङ
2022-11-08 15:26:07CRI
Share with:

चिनियाँ कम्युनिष्ट पार्टीको २०औँ महाधिवेशनका प्रतिनिधि याङ निङ क्वाङसी च्वाङ जातीय स्वायत्त प्रदेशीय रूङश्वी म्याउ जातीय जिल्ला च्याङमन गाउँका प्रमुख हुनुहुन्छ।

सन् २०१० मा विश्वविद्यालयबाट स्नातक भएपछि याङ निङले जन्मथलो च्याङमन गाउँ फर्कनुभयो। त्यसबेला पहाडमा अवस्थित उक्त गाउँ गरिब गाउँ थियो। गाउँ फर्कनुभएको याङ निङले आफूलाई दिनुभएको प्रथम कार्य गरिबी निवारण गर्न गाउँलेलाई सहयोग गर्नुपर्ने थियो। प्ररम्भमा उहाँले गाउँलेहरूको नेतृत्व गरेर बाँसको बिक्री गरेको र खुर्सानी खेती गर्नुभएको थियो। तर सबै असफल भयो। गाउँलेको शंकाप्रति याङ निङलाई ज्यादै दुःख लागेर धेरैपटक रूनुभयो। 

“म युवा पनि हुँ, झरेर उभिनसक्छु। केही छैन।” याङ निङले आँसु सफा गरेर गरिबी निवारणको अरू उपाय निरन्तर रूपमा खोज्नुभएको थियो। सन् २०१७ मा स्थानीय पहाडी विशेषताअनुसार उहाँले पहाडी धान-कालो ग्लुटिनुस भातमाथि नजर पुर्याउनुभयो।

यस किसिमको भात स्वाद मिठो हुनुका साथै पोषक तत्व प्रशस्त्र हुन्छ। यो भात ७०० मिटरभन्दा अग्लो चिसो पहाडी क्षेत्रमा मात्र रोप्न सकिन्छ। जसले माटो, जल, घामलगायत शर्तको उच्चस्तर मागेको छ। याङ निङले परिवारबाट तयारी विवाह घरआवास बेचेर लगभग ३ लाख युआनको पूँजी संकलन गरेर गरिबी गाउँलेलाई धान, हाँस तथा माछाका बच्चाहरू दिनुभएको थियो। उहाँको नेतृत्वमा गाउँलेहरू ८ हेक्टरमा कालो ग्लुटिनुस भातको धान रोप्नुका साथै “धान+हाँस+माछा” मोड सुरू गरेका थिए। यही साल गाउँलेहरू प्रचुल फसल भित्र्याएका थिए। 

त्यसपछि उहाँको नेतृत्वमा गाउँलेहरू खर्बुजा, च्याउ आदि गरिबी निवारण मार्ग खोजेका छन्। सन् २०२० मा च्याङमन गाउँमा प्रत्येक व्यक्तिको सरदर आम्दानी ८ हजार युआनभन्दा बढी पुगेको छ। पूरै गाउँ गरिबबाट मुक्त भएको छ। सदिच्छापूर्ण मनबाट सदिच्छापूर्ण भावना पाउन सकिन्छ। क्रमशः याङ निङले गाउँलेहरूको विश्वास पाउनुभएको छ। त्यसैले उहाँ निर्वाचनमा गाउँका प्रमुख चयन हुनुहुन्थ्यो।

१२ वर्षयता च्याङमन गाउँमा प्रत्यक व्यक्तिको सरदर आम्दानी १० गुणा बढेको छ। जन्मथलोको ठूलो परिवर्तन हेर्दा याङ निङलाई सबै कडा परिश्रम मान्य लाग्यो। 

 

सीपीसीको २०औं महाधिवेनको अवसरमा याङ निङले अन्तर्वार्ता दिँदै भन्नुभयो-

“अभ्यासबाट युवा अझ उज्यालो छ। कडा परिश्रमबाट जीवन अझ मान्य छ। मैले म्याउ जातीय गाउँमा अझै प्रयास गरेर स्थानीय पहाडलाई अझै सुन्दर, स्थानीय गाउँलाई अझै धनी र स्थानीय म्याउ जातीयहरूलाई अझै सुखमय बनाउने छु।”