चीनका लागि पूर्व नेपाली राजदूत महेन्द्र बहादुर पाण्डेसँगको साक्षात्कार
2022-11-08 19:11:43CRI
Share with:

यही नोभेम्बर ४ तारिख बेलुका शाङहाइमा पाँचौँ चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पोको उद्घाटन भयो। सो उद्घाटन समारोहलाई चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले भिडियो मार्फत सम्बोधन गर्नुभयो। राष्ट्राध्यक्ष सी चिनफिङको सम्बोधन सुनेपछि चीनका लागि पूर्व नेपाली राजदूत तथा नेकपा एमालेका नेता महेन्द्र बहादुर पाण्डेले चाइना मिडिया ग्रुपको नेपाली सेवालाई संक्षिप्त अन्तर्वार्ता दिनु भएको छ।