चाइना साउदर्नले फेरि क्वाङ्चौ–काठमाडौं उडान थाल्ने
2022-11-09 15:15:40CRI
Share with:

चिनियाँ कम्पनी चाइना साउदर्नले काठमाडौंमा पुनः उडान थाल्ने भएको छ।

चीनको क्वाङ्चौ–काठमाडौं उडान पुनः थाल्ने भएको हो। 

चाइना साउदर्नले २९ नोभेम्बरबाट नियमित उडान गर्ने जानकारी दिएको नेपालखबर अनलाइनले जनाएको छ। 

‘हामी चाइना साउदर्न एयरलाइन्सको पुनः उडान सुरु हुने घोषणा गर्दा पाउँदा खुसी छौँ’, कम्पनीले भनेको छ, ‘चाइना साउदर्न एयरलायन्ले आफ्नो उडान क्वाङ्चौ-काठमाडौं नोभेम्बर २९ बाट उडान हुन्छ।’ 

कम्पनीले यात्रुलाई उडानकोलागि स्वागत गर्न आतुर रहेको जनाएको छ।