विश्वमा पहिलो पल्ट! चिनियाँ अन्तरिक्ष केन्द्रमा धानको पछिल्लो अवस्था
2022-11-09 09:31:36cri
Share with:

 

हाल मङ थ्येन प्रयोगात्मक मोड्यूललाई पहिलेको ठाउँबाट अन्तै सार्ने कार्य सम्पन्न भएको छ साथै चीनको अन्तरिक्ष केन्द्रको “टी” आकारको बनौटको जडान कार्य पनि पूरा भएको छ। चीनको अन्तरिक्ष केन्द्र स्थापना भएयता अन्तरिक्ष यात्री टोलीले धेरै पटक गरी सफलताका साथ मोड्यूलबाट निस्केर अनेकन् वैज्ञानिक र प्राविधिक परिक्षणात्मक अनुसन्धान गर्नुबाहेक विविध अनुसन्धान प्रतिफल पनि प्राप्त गरेको छ।

 

चीनको अन्तरिक्ष केन्द्रको प्राण पर्यावरणीय परिक्षण बक्समा अन्तरिक्ष धान राम्रो र स्वस्थ रूपमा हुर्कँदै आएको देखिन्छ। गत जुलाई महिनाको अन्त्यतिर त्यस धान बक्समा बीउसँगै पौष्टिक रस राखिएको थियो। हाल त्यस धान बाली सप्रेको छ। यो पूरै विश्वकोलागि पहिलो घटना हो।

 

अबपछि त्यस अन्तरिक्ष धानलाई पृथ्वीमा फिर्ता ल्याई अझ गहन रूपमा त्यसको अनुसन्धान कार्य गरिने छ।