सी चिनफिङद्वारा केन्द्रीय सैन्य आयोगअन्तर्गत संयुक्त संचालन आदेश केन्द्रको निरीक्षण
2022-11-09 16:33:45CRI
Share with:

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव, चीनका राष्ट्राध्यक्ष एवं केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले नोभेम्बर ८ तारिख केन्द्रीय सैन्य आयोगअन्तर्गत संयुक्त संचालन आदेश केन्द्रको निरीक्षण गर्नुभएको छ।

 

उहाँले चिनियाँ कम्युनिष्ट पार्टीको २०औं महाधिवेशनले प्रतिरक्षा र सेनाको निर्माणबारे रणनीतिक बन्दोबस्त मिलाएको, चिनियाँ जन मुक्ति सेनाको स्थापना हुने शतवार्षिकोत्सवको लक्ष्य निर्धारित समयमा साकार तुल्याउने कुरा बताउनुभयो। 

सीले समग्र सेनाले देशको सर्वभौमिकता, सुरक्षा र विकास हितको संरक्षण गर्ने, पार्टी र जनताले दिने विभिन्न कार्य पूरा गर्ने कुरामा जोड दिनुभयो।