बितेका ५ महिनामा अन्तरिक्ष टोलीले गरेका विभिन्न कार्यहरू
2022-11-09 14:51:58cri
Share with:

५ महिनादेखि अन्तरिक्ष केन्द्रमा बस्दैआएका चीनको शन चौ १४ अन्तरिक्ष यात्रु टोलीका सदस्यहरू छ्न तोङ, लिउ याङ र छाइ स्यु च गरी ३ जना अन्तरिक्ष यात्रुले मिहिनेतका साथ अधिकांश कार्यभार सम्पन्न गरेका छन्। साथै उनीहरू ३ जनालाई “नमुनात्मक श्रमिक टोली” पनि भन्ने गरिएको छ। ५ महिनाभित्र उनीहरूले के के कार्यभार सिध्याएका छन् त? 

पहिलो, मोड्यूलबाट निस्कनु। अन्तरिक्ष केन्द्रमा बसेदेखि शन चौ १४ अन्तरिक्ष यात्रु टोलीले दुईपटक मोड्यूलबाट निस्केर सफलताका साथ निर्धारित सबै कार्यभार पूरा गरेका छन्। 

दुई, कक्षा तथा तालिम दिनु। चीनको अन्तरिक्ष केन्द्र देशभरका किशोर किशोरीका लागि एउटा मात्र अन्तरिक्ष कक्षा हो। गत अक्टोबर १२ तारिख अर्थात् “थ्येन कोङ कक्षा” को तेस्रो कक्षा चीनको अन्तरिक्ष केन्द्रमा आयोजना गरिएको थियो। 

तेस्रो, वैज्ञानिक अनुसन्धान। वन थ्येन प्रयोगात्मक मोड्यूलमा प्रवेश गरेपछि ३ जना अन्तरिक्ष यात्रुले अन्तरिक्षमा रहेका विविध पदार्थको अनुसन्धान लगायतका विविध वैज्ञानिक परिक्षण चलाएका छन्।

 

चौथो, जडान कार्य। हाल मङ थ्येन प्रयोगात्मक मोड्यूललाई पहिलेको ठाउँबाट अन्तै सार्ने कार्य सम्पन्न भएको छ साथै चीनको अन्तरिक्ष केन्द्रको “टी” आकारको बनौटको जडान कार्य पनि पूरा भएको छ।