चिनियाँ ह्वावे कम्पनी र वेबसर्फरबीच डिजिटल रूपान्तरणमा साझेदारी
2022-11-09 16:08:25CRI
Share with:

वेबसर्फर र ह्वावेबीच आईएसपीको डिजिटल रूपान्तरणको लागि पार्टनरसीप सम्झौता भएको छ। यस औपचारिक सम्झौतासँगै अब दुवै कम्पनीले ह्वावेको प्राविधिक नेतृत्वलाई नेपाली इन्टरनेट प्रयोगकर्ताको पहुँचमा ल्याउन हात मिलाएका छन्। यसै वर्षदेखि वेबसर्फरलाई एण्ड-टु-एण्ड नेटवर्क सोलुसनहरू र अप्टिकल, इन्टेलिजेन्ट प्रविधिहरू प्रदान गर्ने जिम्मेवारी ह्वावेले वहन गर्नेछ । 

यो पार्टनरसीपले ताजा सोलुसनद्वारा प्रयोगकर्ताहरूको नेटवर्क गुणस्तरमा उल्लेखनीय सुधार ल्याउने कुरामा दुवै कम्पनीहरू सहमत रहेको नेपालखबर अनलाइनमा खबर छ। यो ह्वावेको इन्टरनेट सेवा प्रदायकमा निरन्तर आरएन्डडी लगानीको परिणाम हो र फलस्वरुप यसको  छिटो बढ्दो प्रयोगकर्ता आधार छ । ह्वावेले सो आईएसपीलाई यसको नेटवर्क पूर्वाधार र आर्किटेक्चरको विकासमा सहयोग गर्नेछ ।

ह्वावेले वेबसर्फरलाई निरन्तर प्राविधिक सहयोग र विशेषज्ञ सहायता पनि प्रदान गर्नेछ।

ह्वावेले वेबसर्फरका कर्मचारीहरूलाई आफ्नै क्षमता अभिवृद्धिका लागि प्रशिक्षण कार्यक्रमहरू सञ्चालन गर्नेछ । 

“यो एक दीर्घकालीन र रणनीतिक साझेदारी हो जसले हाम्रा दुई कम्पनीका लागि विन-विन लाभहरू सिर्जना गर्नेछ”, ह्वावे नेपालका प्रमुख कार्यकारी अधिकृत विलियम चाङले भन्नुभयो, “हामी वेबसर्फरको लागि एक फ्युचर-प्रुफ नेटवर्क सिर्जना गर्दैछौं र ह्वावेको पछिल्लो कन्सुमर-एण्ड उपकरणहरू नेपालमा ल्याइरहेका छौं ताकि ग्राहकहरूले वेबसर्फरको इन्टरनेट प्रयोग गरी सहज अनुभव लिन सकून्।'

वेबसर्फरका प्रबन्ध निर्देशक सुरेन क्षेत्री यो नयाँ साझेदारीबाट उत्साहित छन्।