उप-ग्रह क्लबका विद्यार्थीहरुको अन्तरिक्ष सपना
2022-11-09 09:44:09CRI
Share with:

 ६० वर्षअघि मानवसहित अन्तरिक्ष यात्रा गर्न थालेको हो। अन्तरिक्ष यात्रीका कथाहरूले पुस्तौँपुस्ताका मान्छेहरुलाई हौसला दिँदैआएका छन्। पूर्वी चीनको समुद्र तटवर्ती शहर निङ पोस्थित एक उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरुले आफ्नो उप-ग्रह प्रक्षेपण गर्ने योजना बनाएका थिए। सन् २०१९ मा उनीहरुले निर्माण गरेको पहिलो उप-ग्रहलाई रकेटबाट अन्तरिक्षमा सफलताका साथ प्रक्षेपण गरिएको थियो। उनीहरुको यस्तो उपलब्धि देखेर धेरै मानिस आश्चर्यचकित् भएका छन्।