पाँचौं चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पोमा एक वर्षमा इच्छित कारोबार रकम ७३ अर्ब ५२ करोड अमेरिकी डलर
2022-11-10 20:13:41CRI
Share with:


नोभेम्बर १० तारिख पाँचौं चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पोको समापन पत्रकार सम्मेलनको आयोजना भएको छ। सम्बन्धित जिम्मेवार व्यक्तिकाअनुसार, यस पटकको आयात एक्स्पोमा जम्मा १४५ वटा मुलुक, क्षेत्र र अन्तर्राष्ट्रिय संगठन सहभागी भए। आयात एक्स्पो अवधिमा हुङछ्याउ मञ्चसम्बन्धी २४ वटा कार्यक्रमको आयोजना गरिएको छ। नयाँ उत्पादित वस्तु, नयाँ प्रविधि, नयाँ सेवा, इच्छित कारोबार रकममा गत वर्षको आयात एक्स्पोभन्दा बृद्धि भएका छन्।

 

चिनियाँ अन्तर्राष्ट्रिय आयात ब्यूरोका उप प्रमुख सुन छङहाईले १२७ वटा मुलुक र क्षेत्रका २८०० वटाभन्दा बढी उद्योग-व्यवसाय यस पटकको आयात एक्स्पोमा सहभागी भएको, नोभेम्बर १० तारिख बाह्र बजेसम्म मानिसको हिसाबबाट हेर्दा ४ लाख ६१ जना आयात एक्स्पोको प्रदर्शनीको अवलोकन गर्न प्रवेश गरेको, यस पटकको आयात एक्स्पोमा एक वर्षमा इच्छित लेनदेन रकम ७३ अर्ब ५२ करोड अमेरिकी डलर पुगेको र जुन गत वर्षको तुलनामा ३.९प्रतिशतले बृद्धि भएको कुरा बताउनुभयो।