पाँचौँ चाइना अन्तर्राष्ट्रिय आयात एक्स्पो आज सम्पन्न हुने
2022-11-10 15:15:42cri
Share with:

 

शाङहाईमा जारी पाँचौँ चाइना अन्तर्राष्ट्रिय आयात एक्स्पो आज समापन हुँदैछ। यस पटकको आयात एक्स्पोले सफल, रमणीय र फलदायी रूपमा निर्धारित लक्ष्यलाई पूरा गरेको छ।

 

प्राप्त जानकारी अनुसार, यस आयात एक्स्पोमा जम्मा १२७ वटा मुलुक र क्षेत्रका २८०० भन्दा बढी व्यवसायहरू वाणिज्य प्रदर्शनीमा सहभागी भएका छन्। नोभेम्बर ५ देखि १० तारिखसम्म चलेको ६ दिनको अवधिमा ती व्यवसायीहरूले ४३८ वटा प्रतिनिधित्व तथा नयाँ उत्पादन वस्तु, नयाँ प्रविधि र नयाँ सेवाको प्रदर्शन गरेका छन्। यसबाहेक, आयात एक्स्पोमा पहिलो पल्ट स्थापना गरिएको डिजिटल आयात एक्स्पो चौतारोले विश्वका व्यवसायीहरूका लागि क्लाउड प्रत्यक्ष प्रसारण, क्लाउड सम्झौता वार्ता र क्लाउड हस्ताक्षर अवसर प्रदान गरेको छ।

 

एक्स्पोको अवधिमा विश्वका ४००० भन्दा बढी मझौला तथा ससाना व्यवसायहरूले व्यापारिक लगानी सम्बन्धी गोष्ठीमा नाम दर्ता गर्दै अनलाईन र अफलाईनमार्फत सक्रियताका साथ आपसी सम्पर्क र विचार विमर्श गरेका छन्।