‘भविष्यको बाँडचुँड गर्ने’ आयात एक्स्पोको कथा जारी
2022-11-11 16:23:56CRI
Share with:

एक वर्षको सन्दर्भमा स्वेच्छाले हस्ताक्षरित ठेक्कामा संलग्न लेनदेन रकम ७३.५२ अरब अमेरिकी डलर पुगेको छ जुन अघिल्लो एक्स्पोको तुलनामा ३.९% को वृद्धि भएको छ। उक्त जानकारी नोभेम्बर १० तारिख सम्पन्न पाँचौं चीन अन्तर्राष्ट्रिय आयात एक्स्पोबाट प्राप्त गरिएको हो। चीनको आधिकारिक तथ्याङ्क अनुसार, विश्वका १४५ देश, क्षेत्रहरू तथा अन्तर्राष्ट्रिय संगठनहरूले एक्स्पोमा भाग लिए र १२७ देश तथा क्षेत्रका २,८०० भन्दा बढी उद्यमहरूले पनि एक्स्पोमा भाग लिए। यसै क्रममा ४३८ किसिमका प्रतिनिधित्व गर्ने नयाँ उत्पादित वस्तुहरू, नयाँ प्रविधिहरू र नयाँ सेवाहरूको पहिलो प्रदर्शन पनि गरियो। आयात एक्स्पो नै चीनले नयाँ विकास ढाँचाको निर्माण गर्ने झ्याल, उच्च-स्तरीय खुलापनलाई बढाउने प्लेटफर्म र विश्वभर बाँड्ने अन्तर्राष्ट्रिय सार्वजनिक वस्तु बनेको कुरा आयात एक्स्पोबाट फेरि एक पटक प्रमाणित गरिएको छ।

 

बाँडचुँडबाट अझ बढी मौका ल्याइन्छ। यस पटकको आयात एक्स्पोमा चीनले यसरी जनाएको छः अझ बढी मानिसहरू विशेष गरी अति कम विकसित मुलुकहरू चीनको विकासको द्रुत एक्सप्रेस रेलमा चढ्न पाउने सुविधा चीनले प्रदान गर्दै जाने छ। चालू वर्षको एक्स्पोमा कम विकसित मुलुकहरूका ३० वटा उद्यमहरूले स्टलको निःशुल्क प्रयोग गरे जुन गत एक्स्पोको दाँजोमा १ गुणाले बढी हो। गिनी-बिसाउका काजु, अफगानिस्तानको कार्पेट...ती उत्पादित वस्तुहरू विकसित मुलुकका उच्च प्राविधिक उत्पादित वस्तुसँगै प्रदर्शन भएर बजारमा आफ्नो स्थान पत्ता लगाए जसबाट विकासको उपलब्धि अझ बढी र न्यायोचित रूपमा विभिन्न मुलुकका जनतालाई लाभान्वित गराइएको छ। 

बाँडचुँडबाट सह-सिर्जनाको लागि थप सम्भावना पनि ल्याइन्छ। यस पटकको आयात एक्स्पोमा ठूलो पैमानामा व्यापार र लगानीको भेट कार्यक्रमहरू पूरा हुनेबित्तिकै, सम्पन्न स्वेच्छिक कारोबारमा संलग्न रकम ४ अरब अमेरिकी डलरभन्दा बढी भयो। धेरै विदेशी कम्पनीहरूले चीनमा कारखानाहरू खोल्न लगानी गर्ने वा अनुसन्धान र विकास केन्द्र स्थापना गर्ने निर्णय गरेका छन्।

 

"उच्च प्रविधि" वा "सानो र सुन्दर" कम्पनीहरू सबैले एक्स्पोमार्फत् चिनियाँ बजारमा प्रवेश गर्ने अवसरहरू फेला पारेका छन् र सहयोग तथा विकासको नयाँ सम्भावना पाएका छन्। 

"आउने सालमा भेटौंला!" हाल छैटौं आयात एक्स्पोमा उद्यम प्रदर्शनीहरूको भर्ती पूर्ण रूपमा सुरू भएको छ र लगभग ६० उद्यमहरू र संस्थाहरूले प्रदर्शनीमा भाग लिन सम्झौतामा हस्ताक्षर गरेका छन्। साथै " डिजिटल आयात एक्स्पो" जारी छ र विभिन्न देशहरूमा सर्वसाधारण लाभान्वित भएका कथाहरू पनि जारी हुँदैछन्। "भविष्य बाँडचुँड" को कथाको निरन्तरता चल्दै जान्छ।