चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले बीस मुलुक शिखर सम्मेलन तथा एशिया प्रशान्त आर्थिक सहयोग संगठनका नेताहरूको २९औं सम्मेलनमा भाग लिने र थाइल्याण्डको भ्रमण गर्ने
2022-11-11 16:24:58CRI
Share with:

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुनयिङले नोभेम्बर ११ तारिख घोषणा गर्नुभएअनुसार, इन्डोनेशियाका राष्ट्रपति जोको वीदोदोको निमन्त्रणामा चीनका राष्ट्राध्यक्ष सी चिनफिङ नोभेम्बर १४ तारिखदेखि १७ तारिखसम्म बीस मुलुक समूहका नेताहरूको १७औं शिखर सम्मेलनमा भाग लिन इन्डोनेशियाको बाली टापू जानुहुने भएको छ। थाइल्याण्डका प्रधानमन्त्री प्रायूत छान ओचाको निमन्त्रणामा राष्ट्राध्यक्ष सी चिनफिङ नोभेम्बर १७ तारिखदेखि १९ तारिखसम्म एशिया प्रशान्तको आर्थिक सहयोग संगठनका नेताहरूको २९औं सम्मेलनमा भाग लिन थाइल्याण्डको बैंकक जानुहुने छ। सम्मेमलनको दौरान सी चिनफिङले फ्रान्सका राष्ट्रपति एम्मानुएल माक्रोन, अमेरिकी राष्ट्रपति जोसेफ बाइडेन, सेनेगलका राष्ट्रपति म्याकी साल, अर्जेन्टिनाका राष्ट्रपति अल्बेर्टो फर्नान्डेज लगायतका केही मुलुकहरूका नेतासँग भेटघाट गर्नुहुने छ।