प्रधानमन्त्री ली ख छ्याङ तथा कम्बोडियाली राजा नोरोदोम सिहामोनी बीच भेटवार्ता
2022-11-11 14:56:33cri
Share with:

चीनका प्रधानमन्त्री ली ख छ्याङले नोभेम्बर ११ तारिख नोपेन्ह राजदरबारमा कम्बोडियाका राजा नोरोदोम सिहामोनीसँग भेटवार्ता गर्नुभएको छ।

 

भेटका अवसरमा प्रधानमन्त्री लीले आयोजना हुनलागेको पूर्वी एशियाली सहकार्य सम्बन्धी नेताहरूको श्रृंखलाबद्ध सम्मेलनमा सहभागी विभिन्न पक्षहरूसँग मिलेर शान्ति र स्थिरताको संरक्षण गर्ने, आर्थिक वृद्धिलाई प्रबर्द्धन गर्ने, रचनात्मक संवार्ता गर्ने र विभिन्न क्षेत्रमा रहेका वास्तविक सहकार्यलाई सबल पार्ने विषयबारे विचार विमर्श गर्ने प्रतिक्षामा चीन रहेको बताउनुभएको छ।

 

प्रत्युत्तरमा राजा सिहामोनीले बडामहारानी नोरोदोम मोनिनेथ र आफूले चीनसँगको मित्रतालाई निकै ध्यान दिँदैआएको भन्दै कम्बोडियाले एक चीन सिद्धान्तलाई कायम राख्नुका साथै अझ घनिष्ट कम्बोडिया-चीन भाग्य एकरूपताको निर्माणलाई समर्थन गर्दै जाने अठोट पनि व्यक्त गर्नुभएको छ।