चीन र भियतनामका प्रधानमन्त्रीहरूबीच भेटघाट
2022-11-12 15:59:23CRI
Share with:

स्थानीय समय नोभेम्बर ११ तारिख चीनका प्रधानमन्त्री ली खछ्याङले नोम पेन्हमा भियतनामका प्रधानमन्त्री फाम मिन्ह चिन्हसँग भेटघाट गर्नुभएको छ।

 

प्रधानमन्त्री ली खछ्याङले चीन र भियतनाम मैत्रीपूर्ण छिमेकी र चौतर्फी रणनीतिक सहयोगात्मक साझेदार हुन् भन्दै चीनले भियतनामसँग दुई पक्षबीच प्राप्त भएको सहमतिलाई व्यवहारमा उतार्ने, राजनीतिक पारस्परिक विश्वासलाई सुदृढ पार्ने, आधारभूत प्रबन्धको निर्माणलाई सबल पार्ने, दुई मुलुकको सम्बन्धको स्थिर र स्वस्थ विकासलाई अगाडि बढाउने आशा लिएको कुरा बताउनुभयो। 

प्रत्युत्तरमा फामले भियतनामले चीनसितको सम्बन्धको विकासलाई कुटनीतिक नीतिको प्राथमिकताको रुपमा राखिरहेको भन्दै चीनलाई अन्तर्राष्ट्रिय मञ्चमा अझै ठूलो भूमिका निर्वाह गर्न समर्थन दिने कुरा बताउनुभयो।