चीन र आशियानबीचको मैत्रीपूर्ण सहयोगको बाटो अझै फराकिलो हुने विश्वासः चीनका प्रधानमन्त्री
2022-11-12 16:15:17CRI
Share with:

नोभेम्बर ११ तारिख चीनका प्रधानमन्त्री ली खछ्याङले नोम पेन्हमा चीन-आशियानका नेताहरूको २५औं सम्मेलनमा भाग लिनुभएको छ। आशियान मुलुकका नेताहरू र आशियानका महासचिव पनि उक्त सम्मेलनमा सहभागी हुनुभएको छ।

 

ली खछ्याङले चीनले आशियानलाई छिमेकी कूटनीतिको प्राथमिक स्थानमा राखेको, आशियानसँग विकास र सहयोग गर्ने, मौका बाँड्ने, चुनौतीको संयुक्त रुपमा सामना गर्ने, चीन र आशियानबीचको अझै घनिष्ठ भाग्य समुदायको निर्माण गर्ने आशा लिएको कुरा बताउनुभयो। 

यसका साथै ली खछ्याङले चीनले विगत १० वर्षमा चीन-आशियान नेताहरूको सम्मेलनमा १६० वटाभन्दा बढी सहयोगात्मक सम्झौता प्रस्तुत गरेको, ९९.५प्रतिशत सम्झौता व्यवहारमा उतारिएको कुरा बताउनुभयो। चीनले आशियान समुदायको निर्माणलाई समर्थन गर्दै पूर्वी एशिया सहयोगमा आशियानको स्थान र चीन-आशियान मैत्रीपूर्ण सहयोगको बाटो अझै फराकिलो हुने विश्वास लिएको कुरा लीले बताउनुभयो।