अमेरिकाले पारस्परिक सम्मान भावनामा चीनसँग समान दिशातर्फ अगाडि जाने चीनको परराष्ट्र मन्त्रालयको आशा
2022-11-12 16:29:52CRI
Share with:

नोभेम्बर ११ तारिख चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता चाउ लीचेनले नियमित पत्रकार सम्मेलनको आयोजना गर्नुभएको छ। पत्रकारले चीन र अमेरिकाका नेताहरूको बाली टापू भेटघाटप्रति चीनको अपेक्षासम्बन्धी प्रश्न सोधेका छन्। 

चाउ लीचेनले पारस्परिक सम्मान, शान्तिपूर्ण अस्तित्व, सहयोग र साझा विजयीको सम्बन्धमा राष्ट्राध्यक्ष सी चिनफिङद्वारा प्रस्तुत गरिएको तीन सिद्धान्तबमोजिम चीन र अमेरिकाबीचको सम्बन्धको विकास गरिरहेको, अमेरिकाले चीनसँग समान दिशातर्फ अगाडि जानुपर्ने, विवादको व्यवहारिक रुपमा नियन्त्रण गर्नुपर्ने, पारस्परिक हित र सहयोगलाई अगाडि बढाउनुपर्ने, चीन र अमेरिकाबीचको सम्बन्धलाई स्वस्थ र स्थिर विकासको बाटोमा पुनःफर्कन बढाउनुपर्ने कुरा बताउनुभयो। 

चाउले चीन र अमेरिकाको सम्बन्धको स्वस्थ विकास दुई पक्षको हितसित अनुकून हुनुका साथै विश्वको विभिन्न मुलुकको अपेक्षा भएको कुरा बताउनुभयो।