सी चिनफिङद्वारा “हाडब्रिड धानको वैदेशिक सहायता र विश्व अन्नबाली सुरक्षा” अन्तर्राष्ट्रिय मञ्चलाई लिखित सम्बोधन
2022-11-12 19:16:08CRI
Share with:

नोभेम्बर १२ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले “हाडब्रिड धानको वैदेशिक सहायता र विश्व अन्नबाली सुरक्षा” अन्तर्राष्ट्रिय मञ्चलाई लिखित सम्बोधन गर्नुभएको छ। 

उहाँले अन्नबाली सुरक्षा मानवसित सम्बन्धित मूलभूत समस्या हो भन्दै आधा शताव्दीअगाडिदेखि हाइब्रिड धान चीनमा सफलताका साथ अनुसन्धान भएर ठूलो मात्रामा खेती गरिएको जानकारी दिनुभयो। हाइब्रिड धानले विश्वको कुल जनसंख्याको पाँच भागको एक भाग जनसंख्याको खाना समस्याको समाधान गरेकोबारे चर्चा गर्दै उहाँले चीन विश्वको पहिलो ठूलो अन्न उत्पादन मुलुक र तेस्रो ठूलो अन्न निर्यातक मुलुक बनेको कुरा बताउनुभयो। साथै सीले सन् १९७९यता हाइब्रिड धान करीब ७० वटा मुलुकमा रोपिएको, चीनको हाइब्रिड धानले विभिन्न मुलुकको अन्नबालीको उत्पादन र कृषि विकासका लागि टड्कारो योगदान दिएको कुरा बताउनुभयो।

सीले हाल विश्वको अन्न सुरक्षा स्थिति गम्भीर र जटिल भएको, चीनले विश्वको विभिन्न मुलुकसँग मिलेर अन्न सुरक्षा र गरिबी न्यूनीकरण क्षेत्रको सहयोग गर्ने कुरामा जोड दिनुभयो।