१७ औं पूर्वी एशियाली शिखर सम्मेलनमा चिनियाँ प्रधानमन्त्री सहभागी
2022-11-13 20:40:26CRI
Share with:

स्थानीय समय अनुसार, नोभेम्बर १३ तारिख बिहान चीनका प्रधानमन्त्री ली खछ्याङले कम्बोडियामा आयोजित १७ औं पूर्वी एशियाली शिखर सम्मेलनमा भाग लिनुभएको छ। आशियान मुलुक तथा अमेरिका, जापान, दक्षिण कोरिया, अस्ट्रेलिया, सिंगापुर, भारत र रूसका नेताहरू वा प्रतिनिधिहरूले पनि उक्त शिखर सम्मेलनमा भाग लिनुभयो।

सो अवसरमा चिनियाँ प्रधानमन्त्री लीले क्षेत्रीय मुलुकहरूले हातमा हात मिलाएर चुनौतीको सामना गर्न ३ बुँदे प्रस्ताव प्रस्तुत गर्नुभएको छः

एक, रणनैतिक वार्तालाई कायम राख्दै रचनात्मक अन्तर्क्रिया गर्नु। दुई, आपसी हितयुक्त सहयोगलाई कायम राख्दै चुनौती तथा खतराको संयुक्त सामना गर्नु र तीन, आशियानको केन्द्रिय स्थानलाई कायम राख्दै समावेशी क्षेत्रीय प्रारूपको निर्माण गर्नु।

चीनले विभिन्न पक्षसँगको वार्ता तथा सहयोगलाई सबल पार्दै पूर्वी एशियाको सुन्दर घरबारको निर्माण गर्नुका साथै विश्वको शान्ति तथा समृद्धिको संयुक्त संरक्षण गर्ने इच्छा लिएको पनि प्रधानमन्त्री लीले बताउनुभयो।

सो सम्मेलनमा अन्तर्राष्ट्रिय तथा क्षेत्रीय चासोका विषयबारे मुख्यतया छलफल गरिएको छ। शान्ति, मेलमिलाप र समृद्ध पूर्वी एशियाको निर्माण गर्न सम्मेलनमा सहभागी विभिन्न मुलुकका नेताहरूले एकताबद्ध भएर वार्ता तथा सहयोग गर्दै खुला तथा समावेशी बहुपक्षीयतावादको कार्यान्वयन गर्नुपर्नेमा मतैक्यता जनाए।