कहिल्यै यस्तो खेलकुद प्रतियोगिता देख्नुभएको छ?
2022-11-13 20:16:13CRI
Share with:

"बाँसको घोडा चढ्नु", "बोर्ड जुत्तामा दौडनु", "भ्यागुतो जस्तै किरा समात्नु"... यस्तो प्रतिस्पर्धात्मक घटना देख्नुभएको छ? आउनुहोस्, चीनको क्वाङसी प्रान्तीय क्वीलीनमा आयोजित अल्पसंख्यक जातीहरूको १५औं परम्परागत खेलकुद समारोहमा हेरौं।

चीनका ५६ वटा जातीय समूहहरू छन् र प्रत्येकको आफ्नै अद्वितीय रीतिरिवाजहरू छन्। साधारण अग्ला खम्बाहरू थुच्या र याउ जातिय मानिसहरूले नदीहरू पार गर्दा प्रयोग गर्ने सामान्य औजार थिए। बोर्ड जुत्ताको खेलको उत्पत्ति मिङ राजवंशमा भएको थियो र किंवदन्तीअनुसार चुआङ जातीय समूहकी नायिका श्रीमती वासीले एकता र सहकार्यमा सैनिकहरूलाई तालिम दिँदा बोर्ड जुत्ताको प्रयोग गर्थिन्। भ्यागुतो चुआङ जातिय मानिसहरूका आँखामा राम्रो फसल र सौभाग्यको प्रतीकको रूपमा लिन्छन्। प्रतियोगितामा खेलाडीहरूले चारैतिर भ्यागुताको नक्कल गर्नुपर्छ र सकेसम्म छिटो उफ्रँदै आफ्नो मुखले "कीराहरू" समातेर फर्कनुपर्छ।

कुनै रोचक खेल प्रतियोगिताबारे  तपाईंलाई थाहा छ? शेयर गर्नुहोला है!