(समाचार सन्दर्भ)नेपाल-चीनको प्राचीनकालदेखिको मित्रताबाट नवीन यात्राको नयाँ पृष्ठ
2022-11-13 16:47:52CRI
Share with:

चीनको राजधानी पैचिङ शहरको सीछङ क्षेत्रीय फुछङमन भित्री मार्गमा पर्ने धेरै घरआवासहरूमध्ये तिब्बती बौद्ध धर्म शैलीको श्वेतचैत्य मन्दिर ज्यादै ध्यानाकर्षक छ। यो मन्दिरको नाम प्रसिद्ध नेपाली कलाकार अरनिकोको अध्यक्षतामा निर्माण गरिएको श्वेतचैत्यबाट पाएको हो। त्यो श्वेतचैत्य युआन वंशमा निर्मित, हाल चीनमा सबैभन्दा पूरानो तथा सबैभन्दा ठूलो लामा चैत्य हो।

चालू वर्ष श्वेतचैत्य स्थापनाको ७५०औं वार्षिकोत्सव हो। नोभेम्बर ७ तारिखदेखि १३ सम्म “सन् २०२२ पैचिङ श्वेतचैत्य सांस्कृतिक सप्ताह” श्वेतचैत्य मन्दिरमा भव्य रूपमा आयोजित भएको छ। यो सांस्कृतिक सप्ताहको उद्देश्य  श्वेतचैत्यको विशेष ऐतिहासिक तथा साँस्कृतिक श्रोतमार्फत् चीन र नेपालको मैत्रिपूर्ण आदानप्रदानमा श्वेतचैत्य र अरनिकोलाई पुलस्वरूप भूमिका खेल्न लगाउनु हो। यो सप्ताहको मुख्य विषयवस्तु “चीन र नेपालको साँस्कृतिक सम्पदालाई एकसाथ अगाडि बढाऔँ” भन्ने रहेको छ। ६वटा विभिन्न विषयवस्तु दिनमा लगभग २० कार्यक्रमहरूले चीन र नेपालका विविध उत्कृष्ट सँस्कृति देखाइएका छन्।

 

चीन र नेपाल बीचको मित्रताको लामो इतिहास छ। ७५० वर्षयता, श्वेत चैत्य नै दुई देशबीचको प्रगाढ सम्बन्धको प्रतीक बनेको छ। आज आएर एक पटक फेरि श्वेत चैत्य नै आपसी परम्परागत मित्रताको निरन्तरता तथा विस्तारको साक्षी बनेको छ। सांस्कृतिक साताको उद्धाटन समारोहमा पैचिङ श्वेत चैत्य व्यवस्थापन कार्यालय तथा नेपाल पाटन संग्रहालयबीच सहयोग समझदारी पत्रमा हस्ताक्षर गरिएको छ।

 

चीन-नेपाल परम्परागत मित्रताको महत्वपूर्ण चिन्हको रूपमा यस पटकको  ‘२०२२ पैचिङ श्वेतचैत्य सांस्कृतिक सप्ताह’कार्यक्रमबाट चिनियाँ तथा नेपाली संचारमाध्यमको ध्यानाकर्षण गरेको छ। ‘२०२२ पैचिङ श्वेतचैत्य सांस्कृतिक सप्ताह’नै गत मध्य अक्टोबरमा चिनियाँ कम्युनिष्ट पार्टीको २०औं महाधिवेशनमा पार्टी महासचिव एवं चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले प्रस्तुत गरेको प्रतिवेदनमा सांस्कृतिक अवशेष र सम्पदाको संरक्षणलाई सुदृढ गर्ने, सभ्यताहरूबीचको आदानप्रदान र आपसी सिकाइलाई प्रगाढ बनाउने कामको कार्यान्वयन भएको कुरा कान्तिपुर अनलाइनले लेखेको छ। प्रतिवेदनको सोही भावनालाई पछ्याउँदै समृद्ध तथा रंगीन एसियाली सांस्कृतिक सम्पदालाई बहुआयामिक रूपमा देखाउने प्रस्थान बिन्दुको थालनी ‘२०२२ पैचिङ श्वेतचैत्य सांस्कृतिक सप्ताह’बाट गरिएको पनि उल्लेख गरिएको छ।

 

परम्परागत मित्रता तथा भावी सम्भावित विकास श्वेतचैत्यमा भेटेर चिनियाँ तथा नेपाली जनताले इतिहासको बिँडो थाम्दै उज्ज्वल भविष्यको सिर्जना गर्दै जाने छन्। नयाँ यात्रामा दुई देश बीचको प्राचीनकालदेखिको मित्रताबाट नयाँ पाना खोल्ने विश्वास गरिएको छ।