राष्ट्राध्यक्ष सी चिनफिङ विशेष विमानद्वारा इण्डोनेशिया पुग्नुभयो
2022-11-14 16:59:11cri
Share with:

नोभेम्बर १४ तारिख दिउँसो चीनका राष्ट्राध्यक्ष सी चिनफिङ विशेष विमानद्वारा इण्डोनेशियाको बाली टापुको न्युराहराइ अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभएको छ।

इण्डोनेशियाका राष्ट्रपति जोको विडोडोको निमन्त्रणामा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले नोभेम्बर १४ देखि १७ तारिखसम्म बाली टापुमा आयोजना हुने जी २० नेतागणको सत्रौँ शिखर सम्मेलनमा उपस्थित हुनुहुने कार्यक्रम रहेको छ।