“सी चिनफिङ मन पराउनुहुने सांस्कृतिक कथा” शीर्षकमा मुख्य विषयक भिडियो सार्वजनिक
2022-11-14 20:52:06cri
Share with:

 

चीनका राष्ट्राध्यक्ष सी चिनफिङ इण्डोनेशियामा जी २० शिखर सम्मेलन र थाइल्याण्डमा एशिया प्रशान्त आर्थिक सहयोग संगठनका नेतागणको अनौपचारिक सम्मेलनमा सहभागी हुनुका साथै ती दुई मुलुकको भ्रमण अघि अर्थात् नोभेम्बर १४ तारिख चाइना मिडिया ग्रुपले निर्माण गरेको “सी चिनफिङ मन पराउनुहुने सांस्कृतिक कथा” शीर्षकमा मुख्य विषयक भिडियो अर्थात् इण्डोनेशियाली भाषा र थाइल्याण्डेली भाषा लगायत बहुभाषाका “चीन, नयाँ यात्रा शीर्षक” को वृत्तचित्रको प्रसारण आरम्भ समारोह पैचिङमा आयोजना गरिएको छ। 

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको प्रचार प्रसार विभागका उपप्रमुख एवम् चाइना मिडिया ग्रुपका महानिर्देशक शन हाई स्योङले उक्त समारोहमा उपस्थित भई सम्बोधन पनि गर्नुभएको छ।


इण्डोनेशिया, थाइल्याण्ड, कम्बोडिया, भारत, लाओस, नाइजेरिया, पाकिस्तान, श्रीलङका र टर्की आदि मुलुकका राष्ट्रिय टेलिभिजन स्टेशनका गभर्नर एवम् मुख्य मिडियाका जिम्मेवार व्यक्तिहरू अनलाइनमार्फत प्रसारण आरम्भ समारोहमा सहभागी भएका छन्।